Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा देखिएको सलहका लागि विषादी छर्किन समस्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । नेपालमा देखिएको सलहका लागि विषादी छर्किन कृषि प्राविधिकहरुलाई समस्या भएको छ । शनिवार भारतको विहार हुँदै नेपाल छिरेका सलह ठाउँ परिवर्तन गरिरहने र अग्ला अग्ला रुखमा गएर बसिदिने हुनाले विषादी छर्किन समस्या भएको हो । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोविन्द आर्यले ठूलो झुण्डमा रहेका सलहलाई विषादी छर्किन नसकिएको बताए । उनले पिपलको बोटजस्ता अग्ला–अग्ला रुखमा गएर बसेको हुनाले त्यहाँसम्म विषादी पुर्याउन नसकेको बताए ।
त्यसका लागि दमकल नै चाहिने र आफूहरुसँग भएको विषादी छर्किने मेसिनले त्यहाँसम्म नपुग्ने उनले बताए । सलह कीराको बारेमा जानकारी अध्यावधिक गर्ने सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीका अनुसार सलह कीरा एकछिन पनि भूइमा बस्दैन र जतिखेर पनि माथिमाथि उडिरहन्छन् । बसेपनि अग्लाअग्ला रुखमा बसिदिने भएकाले विषादी छर्किन समस्या भएको उनले बताए ।
‘दमकलका लागि गृहमन्त्रालयसँग समन्वय पनि गरिएको छ तर कीरा यस्तो अप्ठ्यारो ठाउँमा गएर बस्छन् कि त्यहाँ दमकल पनि जानसक्दैन, त्यसका लागि ड्रोन वा हेलिकप्टर नै चाहिन्छ, यद्यपि अहिले नै विषादी छर्किहाल्ने अवस्था छैन’ उनले भने– ‘छिन छिनमा ठाउँ परिवर्तन गरिरहने भएको हुनाले औषधी कहाँ छर्किने, कहाँ नछर्किने अन्योल भएको छ, एक ठाउँमा बसे पो त्यहाँ गएर विषादी छर्कि दिने हो तर एकछिनमा यहाँ हुन्छ भने एकछिनमै अर्को ठाउँ पुगिसकेका हुन्छन् ।’
कपिलवस्तुमा आएको ठूलो झुण्ड अहिले टुक्रा टुक्रामा बाँडिएर बुद्धभूमि, वानगंगा, शिवराज, विजयनगर जस्ता ठाउँमा छरिएर बसेका छन् । ज्ञान केन्द्रका प्रमुख आर्यले हिजो ठूलो झुण्डमा भित्रिएका सलह कीरा विभाजन भएका र अहिले दक्षिणबाट उत्तर पश्चिमतिर सरिरहेको दाबी गरे । उनले यहाँ देखिएका कीरा दाङ, अर्घाखाँचीतिर गइरहेको बताए । टीन ठठाएर कीरालाई धपाउने काम जारी रहेको उनले बताए ।
यता, शनिवार बारा, पर्सा, सर्लाही लगायतका देखिएका सलह मकवानपुर, चितवन, रामेछाप, काभ्रे, सिन्धुली लगायतका जिल्लामा सलह देखिएका छन् । सूचना केन्द्रका संयोजक सुवेदीकाअनुसार सलह कीराले मकवानपुरमा हजार रोपनीमा लगाइएको मकैमा क्षति पुर्याएको सूचना प्राप्त भएको छ, त्यहाँ कीरा नियन्त्रण गर्नका लागि प्राविधिकहरु पुगिसकेका छन् र त्यो नियन्त्रणमा आइसकेको बताए ।
सिन्धुली, रामेछाप, काभ्रे, चितवनमा सानो–सानो झुण्डमा देखिएको र त्यसले त्यति सारो क्षति गर्न नसक्ने भने सूचनाहरु प्राप्त भएको उनले बताए । चितवनको रत्ननगरमा रोपिएका धानमा अलिअलि क्षति गरेको पनि सूचना आएको र त्यहाँ पनि नियन्त्रण गर्ने काम भइरहेको उनले बताए । उनले भने– ‘आशा गरौं, सानो सानो टुक्रामा रहेका सलहले अलिअलि क्षति गरेपनि आफैं हराएर जान्छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४