Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बर्दियाको राजापुर क्षेत्रमा धान रोपाईको चटारो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३ २०७७
  • 4.7K
    SHARES

बर्दिया । सामान्य अवस्थामा खैरी चन्दनपुरका रामभरत थारु भारतमा मजदुरी गर्थे । तलब बुझेर घर पैसा पठाउँथे । घरका बृद्ध र महिला खेती किसानी जुट्थे । बल्ल तल्ल महिनौ दिन लगाएर रोपाई सक्थे । तर, सपरिवार रोपाई जुट्दा धान रोपाई गर्ने दिन छोटिएको थारुले सुनाए । यतिबेला अवस्था फेरिएको छ । रामभरतको मात्र होईन । रोजगारीको लागी भारत पलायन यूवा घर फर्किएपछि महिनौ दिन लाग्ने धान रोपाई चटारो दुई सातामा पुर्ण बिराम लाग्ने देखिएको छ ।
भारतबाट फर्केका युवामा धान रोपाईको चटारोले छोएको स्थानीय शिक्षक माधव निगमले बताए । ‘महिना दिन लाग्ने रोपाई दुई सातामा सकिन्छ’, उनले भने, ‘बैदेशिक रोजगारीका लागि गएका यूवा कृषि कर्ममा फर्किएका छन्। यसले धानकै उत्पादन बृद्धि गर्ने विश्वास गरिएको छ ।’
रोजागारीका लागि भारत गएका खैरीचन्दनपुरका लाहानु थारु खुसीको सट्टा आसु बोकेर फर्के । १४ दिन क्वारेन्टिनमा बसे । कोरोना नदेखिएपछि घरमा आएका उनी पुर्खोली पेशा खेती किसानीमा संलग्न छन्। सामान्य अवस्था उनी घर फर्कदा कमाएका पैसा बोकेर आउथे । तर धान रोपाईमा उनको सहभागिता नहुने गथ्र्यो ।
भारतमा काम गर्ने यूवा यतिखेर धान रोपाई व्यस्त देखिन्छन् । यतिबेला जताततै धान रोपाईको चटारोका साथसाथै धान रोपाईमा जनशक्ति पनि फालाफाल छन् । ‘भारतबाट आउँदा आशु बोकेर आएका थिए, अहिले देशलाई श्रमको उपहार दिएका छन्’, एक स्थानीयले भने ।
पश्चिम तराईकै नगदे बाली उत्पादन अब्बल ठानिएको ठाउँ हो राजापुरको भवरा टप्पा । कर्णाली नदीले घेरिएको टापुमा धान उत्पादन मनग्य हुन्छ । पछिल्लो समय यूवा पुस्ता पलायन भएसँगै कृषि पेशामा आर्कषण घट्दै गएको थियो ।
यतिबेला कृषि बिकल्पमा अन्य पेशामा रोज्ने पनि कृषि कर्ममा जुटेको स्थानीय बताउँछन् । ‘अघिल्ला वर्ष कृषि कर्म हेला भएको थियो’, उनले भने, ‘अन्य पेशाबाट पलायन भएको कृषि कर्ममा वाध्य भएर लागेका छन् ।’
वर्दियामा ५० हजार हेक्टरमा धान खेती गरिन्छ । अन्नभण्डारको रुपमा परिचित राजापुरमा क्षेत्र देशभरिमा परिचित छ । जिल्ला उत्पादित आधा धान जिल्लामा खपत भएपनि आधा धान बाहिरी जिल्ला खपत भएको रेर्कडमा देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४