शत्रु गुञ्जा
देशको दलालि त्यहीँ हुन् जो आज कुर्सिको लागि आफ्नो मर्यादा बिर्सेका छन् । रत्तीभर माया छैन यिनिहरुलाई आफ्नो देशको कुनै मतलब छैन । आफ्नो जनताको त कुनै चिन्ता छैन देश भित्र रहेका सम्पदाको समेत ।
म हिजोलाई सम्झन्छु अनि आजलाई नियाल्छु कत्ति फरक पाउछु कठै मेरो देश भन्न मन लाग्छ । पृथ्वीनारायण शाहले एक बनाएको देशमा आज अनेकोै प्रदेश भएर बाडिएको छ अनेकोै राज्य थपिएका छन् आ–आफ्नै साम्राज्य छ र साम्प्रदायिक ठाउलाई आ–आफैले चिथोरि रहेका छन् । कत्ताबाट पेट अनि खल्ति भर्न पाईन्छ त्यहीँ बिषयमा गम्भीरतापूर्वक भएर लागिपरेका छन् ।
कत्ति निर्दयी मन होला किन नदुखेको होला त्यो छाति आखामा छारो हाल्न सक्नेको मन के रुन्थ्यो र बस् कुम्ल्याउन पाए भयो, देश बिकासको नाममा ठगि कार्य भैरहेको छ, हामी अनुमान त पक्कै लगाउन सक्छोै ६०१ ले खाएको यो देशमा कोको सामेल छन् त कतिकति बाडिन्छन् नगद ।
देशको निम्ति बलिदान दिने ती महान सहिदहरु आज पक्कै रोईरहेको हुनु पर्छ । बलिदान दिने क्रममा घाईते हुनेहरु आज पक्कै छट्पटाईरहको हुनु पर्छ । किनकि आज इज्जत उनिहरुको छ जस्ले बलिदानको निम्ति एक एक ज्यानको घुष लिए, बलभद्र जस्ता मान्छे मरे त्यो देशको निमित्त थियो तर जुन दिन शासकहरुले देशमा राजा हटाएर आफु माथि पुगेर अरुलाई लडाए त्यो साच्चै नै हत्या थियो, दिए त एक सहिदको नाम दिए त्यो पनि परिवारको लागि आज एक दिन माला उनिहरुलाई चडाए भोलि घरमा आफैले आफैलाई चढाएका कारण उनिहरुको कुर्सी त नजिकै थियो जहा आफु बस्न सकु फेरि त्यसैमा लडाए आफु त बचे तर मर्नेहरुको अस्तित्व नै गुमनाम बनाए । बिश्व सम्पदा सुचिमा परेको हाम्रो देश नेपाल आज गरिबी देश भनेर चिनिन्छ बिश्व माझ । सगरमाथा र गोैतम बुद्धको देश भनेर विश्वले चिन्ने हाम्रो देश आज कतार, साउदि र युएई बनाउने मजदुरीको नाम ले चिनिन्छ ।
सायद राणाकाल ठिक थियो होला, कमसे–कम बोलेको त पुर्याउथे नकि नेपाललाई अमेरिका बनाउने प्रण नै गर्थे । उनिहरुले नेपाललाई नेपाल नै बनाएका थिए कसेैको गुलामि गर्नु परेको थिएन । आफ्नै देशभित्रको जरोमुलो खाएर भएपनि देशलाई तिव्र गतिले बिकाश गरेका थिए ।
पशुपतिनाथ मन्दिर कसले बनायो, जानकि मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ जस्ता हजारोै मन्दिर कस्ले बनाए, धरहरा, घण्टाघर, रानिपोखरि जस्ता ठाउँ कस्ले बिकाश गरे । बाटोदेखि लिएर एयरपोर्टसम्म कस्ले बनाए तर आज के बनेको छ कसले बनाएको छ । आज मात्र चुट्किला बनाए तै पनि हावादारि गफ लाएकै भरमा । जे बनाए राजाले बनाए जे सिध्याए नेताहरुले मिलेर सिध्याए । थोपाथोपा गरि जोडेको एउटा सानो देश जुन हरेक कुरा पाउन सकिन्छ त्यही देशलाई आज टुक्रा–टुक्रा पारि आफु रमिरहेका छन् । सहिद परिवार राहतको लाईनमा छन् उनिहरु सत्तामा । समस्या नै समस्याले भरिपुर्ण देश हो नेपाल ।
जहाँ आफ्नै जनताको शरिर चुसेर रगत पिउने गर्दछन्
भनेको सुनेको थिए कतै बिश्व चन्द्रमामा पुगिसक्यो हामी अझै ट्वाईलेटको वरिपरि घुमिराको छोै । हुन पनि हो जस्तेै लाग्छ । परिवर्तनको मुख्य कारण पत्ता लगाउन नसक्ने परिवर्तनको बाटो कतै भेट्न नसक्ने अनि त्यहीँ अल्मलिरहने हाम्रो नेताहरुको पारा देख्दा पनि जिउदै मट्टीतेल खन्याएर आगो लगाउ जस्तै लाग्छ ।
देशको युवाहरु आजभोलि कमजोर बनिसकेका छन् । बृद्धले के गर्ने, महिला दिदी बहिनीहरु लाचार छन् आफ्नै ईज्जत जोगाउन कठिन । उनिहरुले देशको बारेमा कुन हिसाबले सोच्ने १८ करोडको गाडि चढ्ने राष्ट्रपति बिद्यादेबी भण्डारिले महिला कै हकहितको निमित्त के गर्नु भएको छ ? खै कानुन बनाएको शहिद लडाकु कि पत्नि आज बालबच्चा लिएर रुदै बाटोमा छट्पटीदा खै उस्को पुकार सुनेको न भोक देख्ने न रोग देख्ने तिम्रो नैतिकतालाई म हार्दिक श्रद्धान्जलि अर्पण गर्न चाहान्छु ।
बिनासकारि भुकम्पले भत्काएको धरहरा आजसम्म ३० प्रतिशत मात्र काम भएको भने तिमी कस्तो कुर्सीमा छोै घुम्ने कि झुम्ने ? तै भुकम्पमा परि मर्नेहरुको घरमा तिमिले के दिन सक्योै ? आएको सहयोग र त्रिपाल त नछोड्ने तिमिहरुम यो देशको रक्षक भनेर कसरी जनता सामु उभिन सकेको छोै के आशा राख्ने तिमिहरुबाट हामी जनता ले ।
मर्न पछि नहट्ने निडर नेपाली भनेर हिजोसम्म विश्वले चिनेको थियो तर आज कायर नेपाली भन्न पछि नहट्ने छिमेकि देशले त्यत्तिका आफ्नो भुभाग ओगट्दा पनि चुप हुदेै सहेर बस्ने सायद त्यस्को लागि तिमिले लिएको नगदले तिमिलाई चुप बस्न बाध्य तुल्याएको हुनु पर्दछ । अझै पनि हामी कुनेै ठाउँको निम्ति एउटा पक्कि पुलको लागि माग गर्छोै आफै जान्नु र बुझ्नु पर्ने तिमिले तर सुने पनि नसुने झै कानमा नगद खादेर बसेकोे छोै कत्ति छन् के के छन् देश भित्र समस्या र कहाँ कहाँ छन् भनेर समस्या खोज्दै त्यस्लाई उजागर गर्नु पर्ने तिमिले आज आफै समस्यामा बाधिएर हस्पिटलमा लाचार भएर लड्ने गर्छोै त्यो डाक्टरले पनि मिर्गौलाको सट्टा अकबरे कोर्सानी किन लगाईदिएन आखामा छारो हाल्न माहिर तिमिलाई डाक्टरले के सोचेर बचायो सायद उस्को लागि डाक्टरि नै धर्म थियो तर तिमिले आफ्नेै धर्म बिर्सेर फेरि उद्दम मच्चाउन सुरु गर्योै ।
यो लेख्दै गर्दा तिमिहरुको नाम लिन मन लाग्छ तर यो कलमि हातहरुले तिमिहरुको नाम समेट्न चाहादैन कारण तिमिहरु नै हो ।
राजा फालेर हात पारेको सत्तामा रजाइँ कत्ति गर्छोै अरु देशहरुको बिकासको तुलनामा हाम्रो देश अझै पनि केही भएको छैन जसरि कुनै देशले पढाइलाई निकै मान्यता दिएर आफ्नो देशको निम्ति एक योग्य व्यक्ति चयन गर्छ र उसैलाई देश को जिम्मा दिन्छ तर हाम्रो देश भित्र ओछ्यानमा लम्पसार परे पनि राजनिति गर्न छोेड्दैन अझै करोडौंको घोटाला गर्न पछि पर्दैन ।
लाखोै शरिरमाथि कुल्चिएर हजारोै हजार शरिरको हत्या गरि तिमी बनेको हो हिजोसम्म चप्पल नभएर खालि खुट्टामा हिडेको त्यो पैतालाहरुलाई काँडा किन बिझेन ?