Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युपीएफ नेपालद्धारा पत्रकार महासंघ काठमाण्डौ शाखालाई मास्क हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १५ २०७७
  • 2K
    SHARES

काठमाण्डौ । युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखालाई हस्तान्तरण गरेको छ ।
सोमबार नक्सालमा आयोजित कार्यक्रममा युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपाध्यक्ष सुर्य सुबेदीलाई माक्स हस्तान्तरण गरेका हुन् ।
मास्क हस्तान्तरण पछि बोल्दै युनिर्भसल पीस फेडेरेसन नेपाल अध्यक्ष एकनाथ ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको संघर्षमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले पुर्याउदै आएको योगदानको आफुले उच्च मुल्यांकन गरेको बताए । पूर्वमन्त्रीसमेत रहेका ढकालले राष्ट्रिय संकटको घडीमा सबैले सरकारलाई पूर्ण रुपमा सहयोग गर्नु पर्ने बताए । उनले लकडाउनका बेला संकटमा परेका नागरिकका समस्या सरकारले भन्दा पहिले प्रेस जगतले देख्ने भएकाले उनीहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले कोरानाको संक्रमण रोक्न सरकार एक्लैले नसक्ने भएकाले नागरिकले इमान्दारीताका सरकारले जारी गरेको लकडाउन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले लकडाउनको कारण हातमुख जोर्न सकस परेकाहरुको पहिचान गरि प्रभाबकारी ढंगबाट राहत उपलब्ध गर्नु पर्ने लगायतको सुझाब दिए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागि माक्स जरुरी रहेको बताए । उनले आवश्यक परे महासंघलाई जुनसुकै सहयोग गर्न पनि आफ्नो पार्टी तयार रहेको बताए । प्राप्त माक्सलाई आफ्ना सदस्यहरु क्रियाशील रहेका विभिन्न सञ्चार माध्यममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन माक्स दिने महासंघका कार्यसमिति सदस्य बिष्णु निश्चलले जानकारी दिए । आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अग्रभागमा क्रियाशील हुने पत्रकारहरुको सुरक्षाका निम्ति विभिन्न उपायहरु अप्नाउनुपर्ने अवस्था भएका कारण पत्रकारहरुलाई माक्स वितरण गर्ने उपाध्यक्ष सुर्य सुबेदीले बताए । उनले केही अप्ठयारोमा परेका पत्रकारहरुलाई खाधन्य सहयोग गर्न समेत आग्रह गरेका थिए । सो अवसरमा युनिर्भसल पीस फेडेरेसन नेपाल उपाध्यक्ष सन्तोष कुमार पौडेल, पत्रकार महासंघ काठमाण्डौका कार्यसमिति सदस्य फडिन्द्र फुयाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४