काठमाडौं । पछिलो समय सामाजिक सचेतनामुलक गितमा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरि गायक प्रभावन जेको रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएको ” गित बर “को छायाले डिजिटल बजारमा सार्वजनिक भएको छ ।
२०५३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको जसमा चर्चित गायिका तारा थापा ज्युले साथ दिनु भएको थियो, सोहि गित २०६१ सालमा रि–रेकर्ड गरिएको र चर्चित गायिका अन्जना गुरुङले साथ दिएकी छन ।
यो गितले गरिबीले परदेशिएकाहरु को कथा बोकेको छ,। सो गितको भिडियोको डीबी टेलिभिजनलाइ बजाइदिन पठाएको र त्यसकोप्रति आफुसंग सुरक्षित नभएकोले गितलाइ जिउदो राख्न लिरिकल भिडियो बनाई बजार ब्यबस्थापन गरिएको डि ए आर मुभिज एंड फिल्म्स ई प्रा.लि.का संचालक सदस्य राजाराम गौतमले जानकारी दिएका छन् । गीतको लय तथा शब्द संकलन प्रभावन जे. ले गरेका छन्।, सम्पादनः कृष्ण गौतमले गरेका छन् ।