सर्लाही । सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।
सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।
कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए । (रासस)