Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दार्चुलाको नाकामा प्रधानमन्त्रीको आदेशले नेपाली रोकिएको कांग्रेस नेता बडुको भनाई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २१ २०७६
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले गृहजिल्ला दार्चुलाको सीमा नाकामा अलपत्र परेका नागरिकलाई नेपाल ल्याएर अनिवार्य रुपमा स्थानीय तहको निगरानी क्वारेन्टाइनमा राख्न भएको सहमतिलाई प्रधानमन्त्री केपी ओलीको आदेशमा रोकिएको आरोप लगाएका छन् ।
नेता बडुले चैत १७ गते गते बिहान दार्चुलाका प्रमुख जिल्ला अधिकारीको समन्वय र नेपालतर्फ नाकाको मुखमा पर्ने महाकाली नगरपालिकाका प्रमुख र कर्मचारीहरूको सक्रियतामा प्रवेश गर्नुपर्ने दुवै नाकाहरूमा स्वास्थ्य परीक्षण गराई स्पष्ट अभिलेखसहित उनीहरूलाई आ आफ्नो गाउँपालिका र नगरपालिकामा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्तनामासहित सम्बन्धित गाउँमा पु¥याउनका लागि सवारीसाधनसमेतको व्यवस्था गरिएको तर अकस्मात ‘प्रधानमन्त्तीज्यूको आदेश’ भन्दै नेपाल सरकारले आफ्नै निर्णय विपरित सम्पूर्ण व्यवस्थापन रोकिदिएका कारण ती सबै नागरिक थप बिचल्लीमा परेको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर दार्चुला प्रशासनसँग सीमा नाकामा अलपत्र परेका नागरिकलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा अनिवार्य क्वारेन्टाइनमा पठाउने व्यवस्था गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बडूले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत आलु आर्थिक वर्षमा विनियोजित रकम छ करोड रुपैयाँ अहिलेको परिस्थितिमा नागरिकको जीवन रक्षाको प्रयोजनका लागि खर्च गर्दा सदूपयोग हुने भन्दै आजैका मितिदेखि खर्च हुन बाँकी रकम कोरोना संक्रमण रोकथामका लागि प्रयोग गर्न पनि प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४