Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले तत्काल शैक्षिक संस्था बन्द नगरे भयावय स्थिति आउँछः सिम्खडा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ५ २०७६
  • 4K
    SHARES

काठमाडौं । सामाजिक अभियन्ता तथा चर्चित कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपाल सरकारले पूर्वतयारीस्वरुप देशभरिका विद्यालय बन्द गर्नुपर्छ भनेर आग्रह गरेको स्मरण गराउँदै आफ्नो मागप्रति वर्तमान सरकार गम्भिर नभएको समेत सिम्खडाको गुनासो छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलाकार सिम्खडाले कोरोनाको प्रभाबाट जोगिनको लागि सबैभन्दा पहिले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बेलामा सरकारी अधिकारीहरुबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आईरहेकोमा समेत आक्रोश पोखे । उनले नेपालमा कोरोनाको संक्रमण देखिएको छैन भनेर सरकार कानमा तेल हालेर बस्ने बेला नभएको उल्लेख गर्दै दायाँबायाँ नसोची तत्काल विद्यालय बन्द गराउनतर्फ सरकारले कदम चाल्नुपर्ने पनि सुझाव दिए ।
सिम्खडाले प्रश्न गरे,‘के सरकारले सिंग, पखेटा र पुच्छर भएको भाइरस हेर्न खोजेको हो ? भाइरसको त्यस्तो केही हुँदैन् । सरकारले पुच्छर र पखेंटा भएको भाइरस हेर्न खोजेको हो भने सरकार भ्रममा छ । सरकार चाँडोभन्दा चाँडो यो भ्रमबाट मुक्त हुनुपर्छ । र, उसले जिम्मेवारपूर्वक कदम चाल्नुपर्छ ।’ अहिलेको समय घर्किए भोलि यही समय र अवसर आफूहरुले गुमाउन सक्नेतर्फ पनि उनले सरकारको ध्यानाकार्षण गराए ।
उनले सरकारले आकस्मिक निर्णय गरेर देशभरिका सुरु भएका र अब सुरु हुने सबै परीक्षाहरु स्थगित् गर्नुपर्ने पनि तर्क गरे । उनले भने,‘सरकारले सबै परीक्षाहरु स्थगित् नगरे देशमा भयावय स्थिति समेत सिर्जना गर्छ भन्नेपनि म यही मञ्चबाट भन्न चाहन्छु ।’ स्थानीय निकायले आफ्नो क्षमता र गच्छेअनुसार भोलि हुनसक्ने संक्रमणलाई ध्यानमा राखेर ‘क्वारेन्टाईन’ को व्यवस्था गर्नुपर्ने पनि उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४