Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसः अमेरिकामा संकटकाल घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १ २०७६
  • 9.3K
    SHARES

वासिंगटन डिसी । अमेरिकाभर कोरोना भाइरसको प्रकोप बढिरहेको अवस्थामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय अपतकाल घोषणा गरेका छन् ।
मार्च १३ तारिक शुक्रबार अपरान्ह ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
उनले तीब्र गतिमा फैलिएको यो भाइरसको नियन्त्रण गर्न ५० बिलियन अमेरिकी डलर रकम तत्कालका लागि छुट्याएको घोषणा पनि गरेका छन् ।
घोषणाअनुसार, कतिपय कानुनी अप्ठ्याराहरु फुकाइएको छ भने स्वास्थ मन्त्रीलाई यसबारे निर्णय गर्ने असिमित अधिकार प्रत्यायोजन गरिएको छ ।
राष्ट्रपति ट्रम्पको घोषणाअनुसार, अमेरिकाले तत्कालदेखि प्रभावकारी आपतकालीन अपरेशन शुरु गर्नेछ । उनले गुगलमार्फत सक्रियरुपमा कोरोना भाइरस संक्रमित भए नभएको परिक्षण गर्ने जानकारी पनि दिएका छन् ।
जसअनुसार, गुगलमार्फत नै लक्षणहरु बारे जानकारी लिएर सम्भाव्य संक्रमितलाई ल्यावको ड्राइभ थ्रुमै राखेर त्यहीं नमुना लिई परीक्षण गरिने छ ।
उनका अनुसार, अमेरिकाभरका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई कोरोना भाइरसबिरुद्ध लड्न तयारी अवस्थामा राखिसकिएको छ भने निजी स्वास्थ्य संस्थाहरु र औषधि उत्पादकहरुले पनि यसविरुद्ध लड्न सरकारलाई सक्रिय सहयोग गर्ने छन् ।
उनले पत्रकार सम्मेलनमा अमेरिकाका ठूला स्वास्थ्य सेवा प्रदायकका प्रमुखहरुलाई पनि प्रतिबद्धता जनाउन प्रस्तुत गरेका थिए।
यसअघि विश्व स्वस्थ्य संगठनले नोबल कोरोना भाइरसलाई स्वास्थ्यसम्बन्धी विश्वव्यापी महामारी भएको घोषणा गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४