नेपालगञ्ज । चैत्र २१ र २२ गते नेपालगन्जमा हुने नेपाल प्रेस युनियनको नवौ महाधिबेसनको लागि लुम्बिनी पत्र राष्ट्रिय दैनिक, लुम्बिनी पत्र डटकमले सहयोग प्रदान गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सांसद डा. डिला संग्रौला र प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीको उपस्थितिमा सो सहयोग हस्तान्तरण गरिएको छ। नेपालगन्ज सुर्खेत रोडस्थित युनियनको महाधिवेशन सचिवालयमा नेपाल प्रेस युनियनका प्रदेश पार्षद लुम्बिनी पत्र दैनिकका प्रकाशक यमनाथ घिमिरेले ५ हजार सहयोग हस्तान्तरण गरेका हुन् ।