Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्कूल पढ्दा श्रद्धालाई मनमनै मन पराउथेँः टाइगर श्रोफ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १९ २०७६
  • 5.1K
    SHARES

एजेन्सी । श्रद्धा कपुरलाई चाहने सह–कलाकारमा अर्का एक सुपरस्टारको नाम जोडिएको छ । अब टाइगर श्रोफले मिडियासँगको साक्षात्कारमा जब उनी स्कूलमा थिए तब उनलाई श्रद्धा कपुर असाध्यै मनपर्ने खुलासा गरेका छन् । टाइगरले आफ्नो स्कूलको दिनको कुरा खोतल्दै आफूहरु एउटै विद्यालयमा पढ्ने गरेको जानकारी पनि दिए । उनले भने, ‘त्यतिबेला मेरो श्रद्धा कपुरमाथि निकै ठूलो क्रश थियो तर मैले उनलाई आफ्नो फिलिङबारे कहिले बताइनँ, किनभने मलाई असाध्यै डर लाग्थ्यो ।’श्रद्धा कपुरलाई ‘के तपाईंलाई कहिले टाइगरमा क्रश थियो रु’ भनेर प्रश्न सोधियो तब टाइगरले श्रद्धामाथिको क्रसबारे जानकारी दिएका हुन् ।

यसमा टाइगरले बीचमै रोक्दै भने, ‘उनलाई क्रश थिएन, बरु मलाई थियो । स्कूलका दिनमा म उनलाई हेर्न मरितुल्य हुन्थेँ ।’ टाइगरको यो कुरा सुनेर श्रद्धा अचम्मित हुँदै भनिन्, ‘मलाई त यो कुरा थाहै थिएनँ । यदि थाहा हुँदो हो त यसबारे पक्कै केही गर्ने थिएँ ।’

जब श्रद्धालाई आफ्नो भावना किन व्यक्त नगरेको त भनेर सोधियो तब टाइगरले निकै रोचक जवाफ दिए । उनले भने, ‘मलाई कस्तो डर लाग्थ्यो । टाढाबाटै हेर्यो बस्यो । जब उनी आफ्नो स्कूल करिडोरमा हिँड्थिन् उनको कपालमा हावामा उड्थ्यो ।’

टाइगरको यस्तो कुरा सुनेर श्रद्धाले आफ्नो हाँसो रोक्न सकिनन् । स्मरण रहोस्, टाइगर श्रोफअघि वरुण धवनले पनि उनलाई श्रद्धामाथि क्रश भएको खुलासा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४