Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घर न घाटका भए बामदेव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १८ २०७६
  • 4.9K
    SHARES

रमेश कुमार बोहोरा
काठमाडौं । राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा बामदेव गौतम अन्यौलमा परेका छन् । नेकपाको सचिवालय बैठकले गौतमलाई सरकारद्वारा मनोनित कोटामा सिफारिस गर्ने निर्णय यसअघि नै गरेपनि पछिल्लो समयमा आएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि बामदेव अन्यौलमा परेका छन् ।
सचिवालयले निर्णय गर्दा सम्म चुपचाप लागेका ओली अहिले आएर गौतमको विरुद्धमा लागेका छन् । सचिवालयका अन्य सदस्यहरु भने गौतमलाई राष्ट्रिय सभामा लानुपर्छ भन्ने अडानमा रहेका छन् । ओली भने युवराज खतिवडालाई नै दोहो¥याउने सोचमा छन् । नेकपाको विवाद अहिले सतहसम्म आएको छ । सरकारले मनोनित गर्ने कि पार्टीले भन्ने विषय पनि अहिले छलफलको क्रममा रहेको छ । बर्दियाबाट प्रतिनिधिसभाको निर्वाचन हारेका गौतमले राष्ट्रियसभा सदस्य बनेर प्रधानमन्त्री बन्ने लोभ गरेका छन् । तर उनको यो सपना अधुरो रहेको छ । सचिवालयले संविधान संशोधनका लागि वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा सुवास चन्द्र नेम्वाङ र खिमलाल देवकोटा रहेको कार्यदल बनाएपनि यसले कुनै काम गरेन । अन्ततः यो कार्यदल समेत भंग भएको छ । एक व्यक्तिको संविधान संशोधन गर्नु व्यवहारिक नभएको भन्दै कार्यदलले काम नगरेको हो ।
गौतमले राष्ट्रिय सभामा जानुभन्दा पनि प्रधानमन्त्री बन्ने कुरालाई प्राथमिकतालाई राखेपछि थप अन्यौलता सिर्जना भएको हो । राष्ट्रिय सभाका सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था संविधानले गरेको छैन । यसैका लागि पनि संविधान संशोधन गर्नुपर्ने कुरालाई पार्टीले छलफल गर्दै आएको थियो । गौतम सांसद बन्ने चर्चा यो मात्र पहिलो होइन । यसअघि उनी काठमाडौं, डोल्पा, ललितपुर, दैलेख लगायतका ठाउँबाट उठ्ने पनि हल्ला चलेको थियो । तर कुनै पनि सांसदले आफू निर्वाचित भएको ठाउँ नछोडेपछि उनी चुपचाप बसेका थिए । गौतमले २०७० सालको निर्वाचनमा बर्दिया र प्यूठानबाट निर्वाचन जितेका थिए । दुई ठाउँ मध्ये एक ठाउँ छोड्ने भएपछि उनले बर्दिया छोडेर प्यूठान रोजेका थिए । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका उनी काँग्रेसका सञ्जयकुमार गौतमसँग भारी मत अन्तरले नराम्ररी पराजित बने । प्यूठान राष्ट्रिय जनमोर्चाको भागमा परेपछि गौतम बाध्य भएर बर्दियामा उठेका थिए । निर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो ।
निर्वाचनको केही समयअघि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै गौतमले अवको प्रधानमन्त्री म हुँ भनेपछि यो विषयले पनि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको थियो । धेरैले यही विषयलाई लिएर पार्टीले नै उनलाई हराएको पनि भन्दै आएको छ । तर आफूलाई महान ठान्ने र जनताको मात्र नभएर पार्टी कार्यकर्ताको पनि काम नगर्ने गौतमलाई अन्तत कसैले पनि पत्याएनन् । नेकपाका जुनसुकै उम्मेदवार पनि निर्वाचनमा विजय हुने त्यस्तो राम्रो सम्भावना हुँदाहुँदै पनि गौतम र नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठ पराजित भएका थिए । श्रेष्ठ गोरखाबाट उम्मेदवार बनेका थिए । उनी राष्ट्रिय सभामा निर्वाचित भइसकेका छन् । श्रेष्ठ उम्मेदवार बनिरहँदा गौतमले भने उम्मेदवार बन्ने मन गरेनन् । तर अहिले आएर भने उनी सांसद बन्न लालायित भएका छन् । अहिले गौतम कि खतिवडा भन्ने विषयले बजार तातेको छ । विहीबार संचार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा पनि सञ्चार मन्त्री समय रहेका खतिवडाले आफूनै पुनः दोहोरिएर आउने सम्भावना रहेको जनाउ दिएका थिए । उनले २१ गते शपथ छ उतै भेटुला भनेर पनि सञ्चारकर्मीलाई संकेत गरेका थिए । सरकारद्वारा मनोनित ३ जनाको कोटामा परेका खतिवडाको कार्यकाल दुई वर्ष, रामनारायण विडारीको कार्यकाल ४ वर्ष र विमला पौडेल राईको कार्यकाल गोलाप्रथाबाट चुनिएको थियो । संविधान अनुसार २०७५ असार ४ गते गोलाप्रथा भएको थियो । अब भने राष्ट्रिय सभामा कहिल्यै पनि गोलाप्रथा हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४