Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पञ्चकपाल चर्यानाच भिडियो सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १६ २०७६
  • 4.4K
    SHARES

काठमाडौं । प्रोजेक्ट बाजा नेपालले पञ्चकपाल चर्या नृत्य भिडियो सार्वजनिक गरेको छ । इतिल्हने सम्यक महादान पर्वको अवसर पारेर उक्त भिडियो सार्वजनिक गरिएको हो ।
बुद्ध र बुद्ध शासनको रक्षकको रुपमा बौद्धमार्गीहरुले पुज्दै आएको ‘महांकाल बोधिसत्व’ आर्यावलोकितेश्वरको करुणा बलको प्रतीकका रुपमा लिने गरिन्छ । काल अर्थात मृत्यु वा समय भन्दा बलवाल महांकाल देवता मृतशरीरको आशनमा विराजमान रहन्छ । पञ्च कपाल महांकाल देवताको एउटा गुह्य रुप हो ।
सम्यक महादान पर्वको पहिलो दिनमा पाटन दरवार क्षेत्रमा उपस्थित दर्शनार्थीहरु यो चर्या भिडियो हेरेर निकै उत्साहित भएका थिए ।
यस भिडियोमा कलाकार राजिप बज्राचार्यले चर्या नृत्य गर्नुभएको हो भने चर्या गायन सुमन कपाली, खिं र ताः वादन लक्ष्मी डंगोलले गर्नुभएको हो । नृत्य प्रशिक्षण राजु शाक्य, फेस पेन्टिङ्ग बिजेन बज्राचार्य, कलर ग्रेडिङ्ग लाटोकोसेरो फिल्मस्का विजेश पौडेल, प्रोडक्सन म्यानेजर विश्वास बज्राचार्य, टोपी स्टुडियोका सागर आचार्यको छायाँकन, अनुप पौडेलको सहायक छायाँकन तथा साउण्ड र लाइटको ब्यवस्थापन ललितपुर साउण्ड एण्ड लाइट सर्भिसले गरेको हो ।
यो भिडियो श्री वैशवर्ण महाविहार गुजिबहालमा छायाँकन गरिएको हो । प्रोजेक्ट बाजा नेपालका अध्यक्ष फिरोज बज्राचार्यले संगीत संयोजन गर्नुभएको यस भिडियोको निर्देशन पनि बज्राचार्यकै रहेको छ । चर्या गीत ज्योति रेकर्डसमा रेकर्ड भएको हो ।
भिडियो निर्माणमा सुरेशराज बज्राचार्य, मिलन तण्डुकार, बिपु श्रेष्ठ, सुमन महर्जन, स्वर्णिम महर्जन, ज्ञानमुनि शाक्य, रमिता बज्राचार्य, राजेन्द्र शाक्य, दिनेश शाक्य, विवेक शाक्य व अष्टमान शाक्यको सहयोगका लागि पनि प्रोजेक्ट बाजा नेपालले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४