Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेगा बैंकबाट सेनालाई वित्तीय साक्षरता कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १५ २०७६
  • 10.5K
    SHARES

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्ट लगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्व लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाली सेनाको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्नेत र सेनानी राकेश बस्नेतले सैनिकहरुलाई वित्तीय सारक्षता गराइदिएकोमा मेगा बैंकलाई धन्यवाद दिनुभयो ।
मेगा बैंकले बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि बिभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, सैनिक लगायतलाई साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४