नेपालीहरुको महान चाड बडा दशैको शुभकामना सहित प्रदेशी हरेक दाजु भाइ तथा दिदी बहिनीको सत्य घटनामा आधारित गीत नारायण लोहनी र बन्दना मगरको संयुक्त एल्बम ” लास बनेर आउनु भो बाकसमा” हाइलाइटस नेपालको आधिकारिक युट्युवबाट सार्वजनिक भएको छ।
बर्सेनि कामको सिलसिलामा प्रदेशिएको नेपालीहरु लास बनेर फर्किएका छ्न सोही घटनालाई यथार्थ गीत मार्फत निकै गहकिलो शब्द,लयमा नारायण लोहनीले प्रस्तुत गरेका छन। स्वयं लोहनी र बन्दना मगरले स्वर दिएको उक्त गीतलाई सन्तोष सुनामको एरेन्जमा मार्मिक रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको हो।
निकै मर्माहित कथा बस्तुमा अनिल जि.सि र बिशाल के.सि उत्कृष्ट निर्देशनमा रहेको उक्त भिडियो नारायण लोहनी,अस्मिता राणा मगर,खडक ब. लोहनी,बर्षा सिल्वाल र कृष्ण दुलालको दर्दनाक अभिनय रहेको छ भने अनिल जि.सिको छायांकनमा रहेको उक्त भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छ्न।