हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै निर्मला सुनार र प्रेम बि.क को संयुक्त प्रस्तुति सहित “उर्लेको बैश” विशाल शोनी अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।
पछिल्लो समय लाइभ दोहोरीबाट एकाएक चर्चामा आएका गायिका टीका सानू र बिरेन्द्र शोनीको सुमधुर स्वरमा दिपेन्द्र शोनी र प्रेम बि.क को संयुक्त शब्द सृजनामा बिशाल शोनीको उत्कृष्ट लय रहेको उक्त गीतलाई याम थापा मगरले म्युजिक एरेन्ज गरेका छ्न।
बि स्टार फिल्मस प्रा.लि दृश्य निर्माण गरेको म्युजिक भिडियो उर्लेको बैशमा विशाल शोनी, शोनिया ठकुरी र राधा नेपालीको दमदार अभिनय रहेको उक्त भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने चर्चित डाइरेक्टर बिक्रम चौहानको निर्देशनमा तयार भएको उक्त भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका छ्न।