सुन्धारामा केन्द्रीय कार्यालय रहेको हुलाकमार्फत कुपण्डोलमा पठाएको रजिष्टर चिठी पुग्न भने १८ दिन लाग्ने गरेको पाइएको छ । अझ उपत्यका भित्रका जिल्लामा त हुलाक सेवा विभागले एक दिनमै सेवा दिने दावी गर्दै आएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारले कुपण्डोलमा रहेको रातोपाटी कार्यालयमा पठाएको रजिष्टर गरिएको एउटा चिठी सुन्धाराबाट कुपण्डोल आइपुग्न १८ दिन लागेको हो । अझ रोचक त के छ भने बैशाख २३ गते सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमका लागि पठाएको उक्त चिठी जेठ १३ गतेमात्रै कार्यालयमा आइपुग्यो । मन्त्रालयले चिठी पठाउन हुलाकलाई २८ रुपैयाँ तिरेको छ ।
हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले सेवा प्रवाहमा भएको ढिलाई कुनै प्राविधिक कारणले हुनसक्ने बताए । ‘उपत्यका भित्र एक दिनमै सेवा दिने हाम्रो लक्ष्य अनुसार काम भइरहेको छ । १८, १९ दिन लाग्ने भन्ने त कुरै छैन । ठेगाना पत्ता लागेन भने चाहीँ ढिलाई हुनसक्छ । यो प्राविधिक कारणमा पर्छ’ महानिर्देशक ज्ञवालीलेबताए ।
सञ्चार मन्त्रालय अन्तर्गतको हुलाकको सेवा प्रवाहको यो त एक नमुना मात्रै हो । कुनैबेला नेपालमा सञ्चार आदानप्रदानका लागि अत्यन्तै भरपर्दो साधन मानिने हुलाक सेवा पछिल्लो समय निस्प्रभावी मात्रै होइन, यसको विश्वसनियतामाथि नै प्रश्न उठ्न थालेको छ ।
नेपालभर हुलाक सेवा प्रदान गर्न विक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवा प्रारम्भ भएको हो ।
हुलाक ऐन २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको छ । प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं धनादेश सूविधा प्रदान गर्नू विभागको प्रमूख उद्देश्य रहेको छ ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
