हाम्रो “सत्यतथ्यसन्तुलितरनिष्पक्ष खबर ”जन न्युजनेपाल खबरडट कम”हरेकपल पलमातपाईंहरुकोसाथमा!
नेपाल मिडिया सोसाइटीले मिडियालाई सरकारले प्रेसलाई नियन्त्रण गर्ने खालको ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयक ल्याउन खोजेको भन्दै त्यसलाई फिर्ता गर्न माग गरेको छ ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै प्रस्ट रूपमा उल्लेख गरेको अवस्था छ । तर अर्धन्यायिक निकायका रूपमा रहेको प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको देखिन्छ, जसले उक्त विधेयकको चौतर्फी विरोध भइरहेको छ भने सरकारले बचाउ गर्दै आएको छ ।
प्रमुख प्रतिपक्ष दलले पनि सञ्चार जगतलाई आफ्नो पूर्ण साथ र सहयोग रेहेको प्रस्ट पारिसकेको छ ।
सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले आइतबार विज्ञप्ति जारी गर्दै विधेयकले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गरेको उल्लेख गरेका छन् ।
‘विधेयकका कतिपय प्रावधानले नेपाली मिडिया उद्योग र नेपालको स्वतन्त्र पत्रकारितालाई हतोत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरूको स्तुतिगानमा पत्रकारितालाई लैजाने नियत रहेको हाम्रो बुझाइ छ,’ विज्ञप्तिमा छ ।
विधेयकमा भएको २५ हजारदेखि १० लाख रूपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्तावित व्यवस्थाले स्वतन्त्र मिडियाको विश्वव्यापी मान्यताको समेत धज्जी उडाउने निश्चित रहेको सोसाइटीको ठहर छ ।
‘त्यति मात्र होइन, यो विधेयकले सरकारलाई मिडिया नियन्त्रणको डोरी समातेर अधिनायकवादी बाटोमा जान मार्गप्रशस्त गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको भनिएको यो विधेयकमा रहेका सजायका बुँदाले देशलाई निरङ्कुशताको दिशामा फर्काउने धृष्टता गरेको पुष्टि हुन्छ ।’
वैचारिक रूपमा विमति राख्ने वा सरकारको कार्यशैलीप्रति प्रश्न उठाउने पत्रकारलाई पक्राउ गर्ने, राज्यद्रोहको मुद्दा लगाउने र १० वर्षसम्म कैद फैसला गराउने तथा १० लाखदेखि १५ लाख रूपैयाँसम्म जरिवाना गराउनेजस्ता विषय दुनियाँका कुनै पनि लोकतान्त्रिक देशमा मिडिया काउन्सिलले गर्ने भनेर कल्पनासमेत गर्न नसकिने सोसाइटीको भनाइ छ ।
‘अदालतका विषयमा कुनै सामान्य प्रश्न मात्रै उठाउँदा पनि अदालतको अपहेलना हुने ? समाचार लेखेको भनेर १० वर्षसम्म कैद सजायको फैसला गर्ने, राष्ट्रियता, राज्यद्रोह र अपराधको व्याख्या पनि सरकार आफैले गर्न सक्ने खालका प्रावधानले सरकारले न्यायपालिकाको अधिकार पनि आफैँ अभ्यास गर्ने नियत राखेको स्पष्ट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
हाम्रो बारेमा सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस। जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद १,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की । २,प्रधानसम्पादक : राजकुमार हुमागाइ । ३,सम्पादक :- कुमार अधिकारी । ४,सह-सम्पादक :- सबिन कार्की । ५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की । ६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ । ७,सम्बाददाता :- पुर्ण बहादुर खत्री । ८,सम्बाददाता :- अर्जुन कार्की । ९,सम्बाददाता :- गोबिन्द गौतम ।