Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्यमोहनको १०० वर्षमा ललितपुर महानगरपालिका विदा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ३० २०७६
  • 10.1K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

३० वैशाख, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सोमबार दिउँसोबाट १०० वर्षमा प्रवेश गर्दैछन् । यसै अवसरमा ललितपुर महानगरपालिकाले आज उनको सम्मानस्वरुप सार्वजनिक बिदाको घोषणा गरेको छ । संस्कृतिविद जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग गरेर आफू मातहतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले बिदा दिएकाले महानगरपालिकाअन्तर्गतका सबै कार्यालय सोमबार बन्द हुनेछन्

महानगरपालिकाले जोशीको सम्मानमा विभिन्न कार्यक्रमसमेत गर्दैछ । महानगरपालिकाका अनसार साेमबार बिहान मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमा गराइ पुल्चोकमा विशेष कार्यक्रम गर्ने तय भएको छ । रक्तदान तथा दीपावली कार्यक्रम राखेकाे महानगरपालिकाले आजै महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेकाे छ ।

जोशीको जन्म शताब्धी विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ । महानगरपालिकाका अनुसार सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्नेलगायतका कार्यक्रम तय भएकाे छ । जोशीलाई गोसाइकुण्ड दर्शन गराउने तथा उनको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने याेजना पनि महानगरपालिकाले बनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४