मलेसियाको गन्तव्य बन्द भएको १० महिनापछि खुल्ने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र म्यानपावर व्यवसायीबीच भएको छलफलका क्रममा कलिङ भिसा आएर रोकिएकालाई पहिलो चरणमा एक साताभित्र मलेसिया पठाइने सहमति भएको हो।
व्यवसायीका अनुसार कलिङ भिसा आएका करिब ७ हजार छन्। ति संख्यालाई पहिलो चरणमा पठाइने स्रोतले जनाएको छ। उनीहरुको अन्तिम श्रम स्वीकृतिका लागि मन्त्रालयले सहजीकरण समेत गर्ने भएको छ।

त्यस्तै नयाँका लागि पनि ३ महिनाभित्रै मलेसिया जान खुल्ला गर्नेगरी काम अघि बढाउने सहमति भएको छ।
यसका लागि स्वास्थ्य परीक्षण संस्थाहरु सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। स्वास्थ्य परीक्षणको जिम्मा दिनका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ। मलेसियाबाटै टोली आई मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु छनौट तथा सूचीकृत गरिने मन्त्रालयले जनाएको छ।
मलेसिया जाने कामदारहरुबाट स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुले जथाभावि असुल गरेको भन्दै सरकारले संस्थाहरु बन्द गराएको थियो। स्वास्थ्य परीक्षण संस्थाहरु नै बन्द भएपछि १० महिनादेखि नेपाली कामदारहरु मलेसिया जान रोकिएका छन्।
जन आ वाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद प्रधानसम्पादक : नेत्र बहादुर कार्की
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२