Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 नेपाली सेनाको कमाण्ड आजबाट पूर्णचन्द्र थापाले सम्हाल्ने, यस्तो छ थापाको छवि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २४ २०७५
  • 5.1K
    SHARES

 नेपाली सेनाको कमाण्ड आजबाट पूर्णचन्द्र थापाले सम्हाल्ने, यस्तो छ थापाको छवि
जन न्युज नेपाल खबर डट कम काठमाडौं प्रतिनिधि श्रावण २४ गते बिहीबार :-
===================================
काठमाडौं : नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले आजबाट नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरीयता क्रमअनुसार थापालाई जिम्मेवारी दिन सिफारिस गरेको थियो । सोहि निर्णय अनुसार आजबाट उनले सेनाको कमण्ड सम्हाल्ने भएका हुन् ।
प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संविधानमा व्यवस्था छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री तीन वर्षे सेवाअवधिबाट आगामी भाद्र २४ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिना पूर्व नै नियमित घर बिदामा बस्ने सैनिक परम्पराअनुसार क्षेत्री बिहीबारआजबाट घरबिदामा बस्दै छन् । भाद्र २४ गतेबाट प्रधानसेनापतिको पूर्ण कमाण्ड सम्हाल्नेछन् ।
अब्बल सैनिक अधिकारी
नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक अधिकारीका रूपमा चिनिन्छन् । अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुचिपमा पारित उनलाई यसअघि नै नेपाली सेनाको भावी नेतृत्वका रूपमा हेरिएको छ ।
नेपाली सेनामा उनको करियर ग्राफ र ट्रयाक रेकर्ड अत्यन्तै कुशल सैनिक अधिकृतका रूपमा रहेकाले पनि उनी भावी प्रधानसेनापतिको दौडमा सम्भावित एक्ला दाबेदारजस्तै थिए । कामु प्रधानसेनापति थापा सैनिक करियरमा जति अब्बल र कुशल कहलिएका छन्, वास्तविक जीवनमा उत्तिकै सरल, मिजासिलो र तार्किक मानिन्छन् ।
अधिकृतहरूको वृत्ति विकासमा काम गर्ने सैनिक सचिव विभाग, नेपाली सेनाका भुुपु तथा बहालवाला सैनिकहरूको हित र कल्याणका लागि काम गर्ने सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रबन्ध तथा सम्भार रथीको कार्यालय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यालयलगायतका नेपाली सेनाभित्रका सबै जसो महत्त्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यालय तथा विभागहरूको नेतृत्व उनले कुशलतापूर्वक सम्हालेका थिए ।
अधिकांश सैनिक अधिकृतहरूले सैनिक मुख्यालय अन्तर्गतका ती कार्यालय तथा विभागहरूमध्ये एक वा दुईको मात्र नेतृत्व गर्ने अवसर पाउने गरेका छन् । यस सन्दर्भमा सबै कार्यालय र विभागको नेतृत्व गरेर अनुभव हासिल गर्ने अवसर पाएका थापालाई भाग्यमानी सैनिक अधिकृतका रूपमा पनि हेर्ने गरिन्छ ।
नेपाली सेनाको नेतृत्वमा थापा आएसँगै सेनाका अन्य निकाय तथा विभागहरूलाई पारदर्शी बनाउने, सैनिक ठेक्कापट्टामा हुने विवाद, सैनिक अस्पतालमा हुने घोटाला, कल्याणकारी रकमको दुरुपयोगलगायतमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।
  हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepalkhabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४