Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राम्रो घरपरिवारबाट माग्नलाइ प्रस्ताव आए नाईँ भन्दिनँः गायिका निरु कार्की


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ७ २०७५
  • 5.5K
    SHARES

 
 
 
 

राम्रो घरपरिवार बाट माग्नलाइ प्रस्ताव आए नाईँ भन्दिनँः गायिका निरु कार्की:-

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण ११ गते शुक्रबार  :-

 

 
 
 
 
 
 
 
 
 
सिन्धुपाल्चोक जिल्लामा जन्मेर काठमाडौँमा संघर्षरत गायिका निरु कार्कीले एक दर्जन गीत बजारमा ल्याइसकेकी छिन् । नेपालीपन झल्कने, सन्देशमुलुक गीतहरूमार्फत चर्चामा आएकी गायिका कार्कीसँग जन न्युज नेपाल खबर डटकम प्रतिनिधिले गरेको कुराकानी ।

niru karki राम्रो घरपरिवारबाट प्रस्ताव आए नाईँ भन्दिनँः गायिका निरु कार्कीतीज आउन लाग्यो, तपाईँको तयारी के कस्त्तो छ ?
तीजका लागि मैले गीत ल्याउँदैछु । केही दिनमै तपाईहरूले हेर्न सक्नुहुन्छ ।

गीत कस्तो खालको छ ?
नेपाली मौलिकता झल्कने खालको गीत रहेको छ । गीत हेरेर प्रतिक्रिया दिनुहोला । सवैको मायाको अपेक्षा मैैले  गरेकी छु ।

तपाई चाहिँ तीज कसरी मनाउनुहुन्छ ?
प्रायःजसो म प्रोग्राममै बिजी हुन्छु । यसरी नै मनाउछु भनेर योजना त बनाउँदिन तर पुजापाठ गरेर र ब्रत बस्ने गर्दछु ।

तीजमा ब्रत बस्नुको कारण चाहिँ के हो ?
तीज महिलाहरूको ठूलो चार्ड हो । आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर ब्रत बसेकी थिइन, त्यो दिन हरितालिका तिज थियो । त्यसदिनदेखि अहिलेसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् । त्यही मान्यताका आधारमा ब्रत बस्ने गरिन्छ ।

पार्वतीले भगवान शिव पाएजस्तै तपाईले चाहिँ पाउनुभएको छ कि छैन् ?
म एक अविवाहित नारी हुँ । आजको दिनसम्म त्यस्तो कोही पनि भेटिएको छैन् । कुनै दिन भेटियो भने भगवान शिवजस्तै पति भेटियोस् भन्न चाहन्छु ।

पति शिवजस्तै चाहिँ किन ?
ब्रतकथा अनुसार भगवान शिवले भन्नुभएको थियो कि– हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन ब्रत बसेकी थियौँ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो । यस व्रतलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ ।’ त्यसकारण मैले पनि शिवजीजस्तै पति पाउने अपेक्षा गरेकी छु ।

singer niru karki लभका प्रस्तावहरू त आए होलान, तपाईले भनेजस्तै केटाबाट चाहिँ आएको छ कि छैन् ?
प्रस्ताव त नआएका होइनन्, धेरै नै आए । तर, भनेको जस्तो मान्छे भेटेको छैन् । अहिलेको लभ भनेको यति सस्तो भएको छ बजारमा सायद एकले अर्कालाई बुझ्न एकदम गाह्रो छ । आजभोलिका मान्छे यति स्वार्थी हुन्छन कि एकले अर्कालाई विश्वास गर्नै गाह्रो छ ।

भनेपछि तपाई मागी बिहेमा विश्वास गर्नुहुन्छ ?
एकदमै । मागी बिहेबाटै घरपरिवार बलियो हुन्छ भन्ने लाग्छ ।

बिहे कहिले गर्ने सोच छ ?
बिहे गर्न लगन जुर्नुप¥यो । यतिखेरै गर्छु भनेर सोचेकी छैन् । राम्रो घरपरिवारबाट प्रस्ताव आयो भने नाईँ भन्दिनँ । तर, मेरो पेशा (गायन) को कदर हुनुपर्छ ।

अन्त्यमा ?
अन्त्यमा सम्पूर्ण नारीहरूलाई तिजको शुभकामना दिन चाहन्छु । मेरो तीजको गीत केही दिनमै आउँदैछ । मेरा पुराना गीतहरूलाई जति माया गर्नुभएको छ, अव आउने गितलाई अझै बढी माया गरिदिनुहोला भन्न चाहन्छु । कमिकमजोरी पनि औल्याइदिनुहोला । राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो नै भनिदिनुहोला ।

कार्कीको तीज गीत हेर्नुहोस

  जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०,९८४०४२११७४
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
 
 
 

 

 
 
 
 
 
 
 
 
 
 
 

 

 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४