Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलिको सरकारलाई र प्रहरी हेडक्वार्टरमाथि प्रश्न : जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने को थियो ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ४ २०७५
  • 10.7K
    SHARES

केपि ओली को सरकारलाई र प्रहरी हेडक्वार्टरमाथि प्रश्न : जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने को थियो ?

मानवीय संवेदनामाथि प्रहरीद्वारा गम्भीर खेलवाड जन न्युज नेपाल  खबर डट कम बिशेष प्रतिनिधि जुम्ला :-

 

८ गते  साउन, काठमाडौं । विहीबार जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै भने- ‘एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं । तपाईहरु कोही आन्दोलन गर्न आउनुभएको छ भने गर्नोस्, केही छैन त्यसमा । हामी तयार छौं तपाईहरुलाई…. ‘

अस्पतालमा भएको झडपमा प्रहरी जवानको मृत्यु भएको खबर डीएसपीले आफैं माइकबाट फुकेका थिए । उनले प्रहरी मरेको भन्दै सार्वजनिक रुपमा गरेको माइकिङ एउटा टेलिभिजनमा लाइभ प्रशारण भएको थियो ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार दिउँसो काठमाडौं ल्याउने क्रममा डा. केसी समर्थक विद्यार्थी र प्रहरीबीच झपड भएको थियो । त्यस क्रममा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरसहित ३ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये एक प्रहरी जवानको छातीमा सीसा र चिर्पटले लागेको प्रहरीले जनाएको छ ।

गल्ती गर्ने प्रहरी,अनि  गाली खाने मिडियाहरु  ?

जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्ने प्रहरी आफैंले सञ्चार माध्यमलाई गाली गर्दै बिहीबार  साँझ अनौठो विज्ञप्ति जारी गरेको छ । जुम्ला घटनामा प्रहरी जवानको मृत्यु भएको भनेर संवेदनशील विषयमा आधिकारिक पुष्टि नभई सञ्चारमाध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यमलाई गाली गरेको छ ।प्रहरी प्रधान कार्यालयले सञ्चार माध्यमलाई मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि नगरी समाचार सम्प्रेषण गरेको आरोप लगाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संप्रेषण गर्ने र मृत्यु जस्तो मानवीय संवदेनाको विषयमा सूचनाको आधिकारिकता पुष्टि समेत नगरी समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न गएको छ ।’जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नै माइकबाट यसरी प्रहरीको मृत्यु भएको बताएपछि केही सञ्चारमाध्यमले दोहोरो झडपमा परी एक प्रहरीको मृत्यु भएको समाचार हतार-हतार प्रकाशित गरेका थिए ।प्रहरी जवानको मृत्यु भएको घोषणा भएता पनि जन न्युज नेपाल खबरले डीएसपी दाहालको माइकिङलाई पत्याएन । तत्कालै अस्पताल स्रोतमा सम्पर्क गर्दा कोही पनि प्रहरी जवानको मृत्यु नभएको पुष्टि भयो । त्यसपछि जन न्युज नेपाल खबरलेप्रहरीले बेतुकको हल्ला फैलाएर सर्बसाधरण जनताले तिरेको राजस्वको पैसाले तलब खादै तिनै जनताको टाउकोमा लाठी मार्दै गर्दा नेपाल सरकार किन मौन छ । चासो को बिषय बनेको छ ।जुम्लाको घटना को कहालीलाग्दो पिडा कहाँ गयौं । डलरको खेतीका भराउटे मानवअधिकार बादीहरु के यो देशमा बाच्न पाउने अधिकार सबैलाई छैन ??? के यहीं हो लोकतान्त्रिक गणतान्त्रिक नेपाल के यहीँ हो। देशमा बिकाश जनताको टाउको फुटाएर हुन्छ।देश बिकाश भन पुलिस प्रशासन र नेपाल सरकार जनता जान्न चाहान्छन।शीर्षकमा समाचार प्रकाशित गरेर यथार्थ घटना जनता समक्ष आयो ।

मानवीय संवेदनामाथि गम्भीर खेलवाड

डा. गोविन्द केसी र उनको पक्षमा आन्दोलित जुम्लाबासीलाई झुक्याउन प्रहरीले सफेद झूटको त सहरा लियो नै, तर जिउँदो मानिसलाई माइकबाटै मरेको घोषणा गरेर सत्तापक्षले मानवीय सम्वोदनामाथि गम्भीर खेलवाड गरेको छ ।

प्ररहीको मृत्यु भएको माइकबाट प्रचार गरिएपछि डा. गोविन्द केसीले यस्तो आँसु खसाउँदै मानवीय क्षतिप्रति चिन्ता जनाएका थिए । र, आफू काठमाडौं जान तयार भएका थिए ।

के सरकारले केसीलाई गलाउनकै लागि जिउँदो मानिसलाई मरेको भनेर प्रचार गरेको हो ? अन्यथा किन मृत्युजस्तो मानवीय सम्वेदनाको विषयमा परिवारमाथि मानसिक र भावनात्मक आघात पर्ने गरी खेलवाड गरियो ? यसको जवाफ न त सरकारले नै दिएको छ, न प्रहरी संगठनले नै ।

प्रहरीको मृत्यु भएको भन्दै झूठो माइकिङ गर्नमा डीएसपी दाहालको मात्रै हात छ । या केपी ओली नेतृत्वको सरकारकै डिजाइनमा यस्तो भएको हो भन्ने खुलेको छैन ।

यसैबीच जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने डीएसपी दाहालसँग जन न्युज नेपाल खबरले यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘केसी पक्षधरले प्रहरीलाई फुटेको सीसाले प्रहार गरेका थिए । एकजनाको अवस्था क्रिटिकल छ भनेर गैरजिम्मेवार जबाफ दिएका थिए ।’

तर, तपाईले यस्तो सम्वोदनशील विषयमा किन गलत सूचना प्रवाह गरेको त ?

===================================

जन न्युज नेपाल खबरडट कमको  प्रश्नमा उनले कड्किँदै भने – ‘जे बुझ्नु भा’छ, त्यहीँ लेख्दिनू  मेरो  भन्नू केही पनि  छैन ।’ जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

२०७५ साउन ४ गते शुभम।

 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४