Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश न ४ का अर्थ मन्त्री किरण गुरुङले सरकारले दिदै आएको वृद्ध भत्ता हटाउनु पर्ने बताएका छन:-


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २१ २०७५
  • 4K
    SHARES

बैशाख २१  जन न्युज नेपाल  खबर प्रतिनिधि :-
प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले सरकारले दिँदै आएको बृद्धभत्ता हटाउनुपर्ने बताएका छन् । विहिबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले बृद्धभत्ताको ठाउँमा सामाजिक भत्ताको ब्यवस्था गर्ने सोंचमा सरकार रहेको बताए । ‘नेपालमा बृद्धभत्ता खानेले १ पैसा राज्यकोषमा जम्मा गरेको छैन । राज्यकोषमा जम्मा नगर्ने अनि बृद्धभत्ता भनेर बाँढ्ने हो भने मुलुक समृद्ध हुन सक्दैन, उनले भने–सबैले कामै नगरी सुतिसुति खाने हो भने ढुकुटीमा कसले जम्मा गरिदिन्छ ? ढुकुटीमा पैसै नभए मुलुक कसरी समृद्ध हुन्छ ?’
उनले सरकार अध्ययनको क्रममा रहेकोले आगामी दिनमा बृद्धभत्ताको ठाउँमा सामाजिक भत्ता वितरण गर्ने तयारी भैरहेको जानकारी दिए । राज्यको नागरिकता लिएपछि राज्यप्रति कर्तब्यनिष्ठ भएर कर तिर्न पनि मन्त्री गुरुङको आग्रह छ । समृद्ध र विकसित देशमा सबैले भत्ता पाउने भन्दै उनले त्यसको लागि पहिले नागरिकले कर तिरेर रकम जम्मा गर्नुपर्ने बताए । ‘अरु देशमा हेर्न हो भने १८ बर्ष पुगेपछि कुनै न कुनै रोजगारीमा आवद्ध हुनै पर्छ । जागिरका बेला तलवको आधा भन्दा बढी रकम कर कट्टि गरेर सरकारले लिन्छ , उनले थपे–त्यही रकम उमेर पुगेपछि सरकारले नागरिकलाई फिर्ता गर्छ । अव यो ब्यवस्था नेपालमा पनि लागू गर्नुपर्छ  मन्त्री गुरुङले  जन् न्युज नेपाल  खबर लाई  बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४