२०७५/१/१५ गते शनिबार
(मान्छेले )
सम्पत्तिको नाँउमा केही नहोस्
तर आत्म विश्वासी बनोस् ।
रुपमा चाँहे जस्तोसुकै होस्
तर असल बिचार लियोस् ।
आफुलाई छाक टार्न कठिन होस्
तर सबैको सहयोगी बनोस् ।
दुखैदुखमा सङ्घर्ष गर्न सिकोस्
तर अरुलाई दुख दिएर रुने नबनाआोस् ।
हरेक क्षेत्रमा सफल बन्दै जाओस
तर कहिल्यै स्वार्थ बिचार नलियोस्।
सँधै मेहनत र सङघर्षशील बनोस्
तर अरुको सफलतामा डाह नगरोस् ।
आफु सधैं दुखीनै बसोस्
तर अरुको खुसि लुट्ने प्रयास नगरोस् ।
यदि आफुमा कुनै प्रतिभानै छैन्
तर अरुको प्रतिभाको कदर गरोस् ।
लेखक : नेेेत्र बहदुर कार्की