Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

  भारतीय एसएसबीको टिमले फेरी भत्कायो नेपालको सिमानाको तारबार,नेपाल प्रहरी माथीनै दुर्व्यवहार सरकार लाचार बन्दै:


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १४ २०७५
  • 5K
    SHARES

  जन न्युज नेपाल  खबर डट कम बिशेष  प्रतिनिधि कंचनपुर :

भारतीय एसएसबीको टिमले फेरी भत्कायो नेपालको सिमानाको तारबार,नेपाल प्रहरी माथीनै दुर्व्यवहार
बिचफाँटा, कञ्चनपुर। भारतीय निकुञ्ज बाट नियमित आउने गरेका हात्तिको बथानबाट बस्ती सुरक्षीत बनाउन पुनर्वास नगर पालिकाको ६ लाखको बजेटमा निर्माण सुरु थालिएको विद्युतीय तारबारको पोल नेपाल प्रहरीकै अगाडि भारतीय सीमा सुरक्षा बल एसएसबीले बुधबार भत्काई दिएका छन्।
नेपाल-भारत सीमा स्तम्भ नम्बर १९४ नजिक नेपाली भुमिमै गाड्न थालिएका पोलहरु अन्तरास्ट्रिय मर्यादा उलंघन गर्दै ठूलो संख्यामा आएका एसएसबीको जत्थाले बल प्रयोग गर्दै भत्काएका हुन। सीमा क्षेत्रमा कुनै बिवाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरि बिवाद सल्याउने प्रचलित नियम उलंघन गरि पुनर्वासको बिचफाँटामा आज एसएसबीले देखाएको व्यवहार अन्तरास्ट्रिय कुटनैतिक मर्यादा बिपरित देखिएको छ।बुधबार १२ बजे तिर भारतीय सीमा सुरक्षा बल एसएसबीको ३९ औं बटालियन अन्तर्गत घोला क्याम्पबाट सयौंको संख्यामा आएका भारतीय सीमा सुरक्षा बलको टोलिले नेपाल प्रहरीले तत्काल नभत्काउन भने पनि अटेर गरि भत्काई दिएका हुन। भारतीय दुधवा राष्ट्रिय निकुञ्ज बाट नियमित नेपाली बस्तीमा प्रवेश गरि अन्नबाली र घरबासको सुरक्षाका लागि स्थानीयले उठाएको कोष र नगरपालिकाको बजेटमा उक्त स्थानमा सौर्य उर्जामा आधारित विद्युतीय तारबार बनाउन सुरुवात गरिएको थियो।यस अघि गरिएको दूईपक्षिय सम्झौता अनुसारको स्थानमा नै तारबार गर्दा पनि भारतीय प्रहरीले बल प्रयोग गरी तारबार उखेलेर फालेको पुनर्वास नगरपालिका ९ का वडाअध्यक्ष नारायण प्रसाद जैशीले जन न्युज नेपाल लाई     बताए ।सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले विभिन्न ठाँउमा पटकपटक अवरोध गर्ने गरेको छ।
समस्या समाधानका लागि २-४ दिन मै नेपाल भारतको संयुक्त सिमा सर्वे टोली आईपुग्ने र सिमा निर्धारण गरीने पनि प्रहरी निरिक्षक टमटाले बताए। भारतीय सिमावर्ती जँगलबाट बर्सेनि हात्तीको बथान आएर नेपालीको अन्नबाली नोक्शान गर्ने भएकाले नगरपालिकाको बजेटबाट नेपाली भूमीमै तारबार गर्न खोज्दा पनि भारतीय पक्षले तार बाँधेको पिल्लर उखेलेर फालेको पुनर्वासका नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले बताए।
भारतीयको दादागिरी र हेपाहा प्रबृतीले नै सिमा समस्या समाधान हुन नसकेको नगर प्रमुख थापाले बताए। पश्चिम नेपालका धेरै स्थानमा बिगत केही समय यता विभिन्न स्थानमा नेपाल-भारत सीमा क्षेत्रमा बिवाद देखिदै आएका छन्। बुधबार दिउँसो पुनर्वासको बिचफाँटामा केही बेर देखिएको बिवाद सामान्य भएको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जन न्युुज नेपाल  खबर लाई  बताए। उनले भने”नेपाल-भारत सीमामा यस खालका बिवाद देखिन्छन् अहिले त्यहाँको अबस्था सामान्य रहेको छ “।
गत बर्ष पुनर्वासकै आनन्द बजारमा एसएसबीले यसैगरी अवरोध गर्दा ठुलो घटना हुन पुगेको थियो। आनन्द बजार घटना भएको एक बर्ष पूरा हुँदा सम्म नेपालभारत सीमा विवाद समाधान हुन नसक्दा नेपालीले पटकपटक ज्यादती सहनुपरेको छ। दीगो सिमा निर्धारण नहुदाँ सम्म नेपाल भारत बिचकाे सिमा समस्याकाे अन्त्य नहुने जानकारहरु बताउँछन्।

जन न्युज नेपालखबर डट कम:

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४