गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह ३० हजार घुससहित पक्राउ परेका छन् ।
थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग ३० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जलेश्वर–२ स्थित मीनाबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगका शाखा अधिकृत प्रकाश थापाले जानकारी दिए ।जन न्युज नेपाल खवर विशेष प्रतिनीधि बाट जानकारी प्राप्त भएको छ ।