आमा
कविता :-२०७५-०१-०४
आज धेरै दुखि छु आमा तिम्रै यादले सताई रहन्छ
आशु बगाउनु बगाए आमाघर छाडेर सहर आएपछि
मेरो शरिरमा चोट लाग्दा रगत बगि रहन्छ
आमा घाउमा मलम पट्टी गरि दिने नभए पछि ।।
धेरै दुख पाँए आमा तिम्रो काख छाडे देखि
भोग्नु भोगे समस्या आमा तिम्रो साथ छाडे देखि
आशु पनि हाँसो हुन्थ्यो तिम्रो साथमा हुदा
खुसीले पनि मनछिया हुदोरहेछ तिम्रो काखमा नहुँदा।।
तिमी बिना एक्लो छु म खुसी कसरी मिल्ला
यो संसारमा एक्लै रुदै बस्दा सबैले गर्दा रैछन बिल्ला
तिम्रो साथमा सब कुरामा खुसि मिल्दो रहेछ आमा
तिमी बिना हरियाली पनि उजाड बन्दो रहेछ आमा।।
जति बुझ्ने भए त्यतिनै तिम्रो माया चाहिदो रहेछ
सबैले दिए मायाममता तर तिम्रो जस्तो नपाइदो रहेछ
चाहेर नि हास्न नसकिने रहेछ तिम्रो काख छाडे पछि
अमृत पनि बिष हुदो रहेछ तिम्रो हातबाट नखाएपछि।।
म बिरामी भएर सुत्दा कति दुखि हुन्थ्यो आमा
छेउमा बसि तिम्रै काखको सिरानी गराउथ्यौ आमा
तिमीले गरेको गाली पनि अमुल्य माया हुन्थ्यो आमा
कसैले दिएको उपदेशलेनि मन दुख्दो रहेछ आमा ।।
😀😁निरुता बस्नेत 😀😀