काठमाडौं–चलचित्र तथा गीत–संगीतका अलवा बर्ष २०७४ कलाकारको बिबाह र डिभोर्सले पनि सम्झन लायक बन्यो । यो वर्ष केही सेलिब्रेटीले घरजम गरे भने केहिले वर्षौंदेखिको सम्बन्धलाई पूर्णबिराम दिए । कला तथा मनोरन्जन क्षेत्रमा क–कसले घरजम र कसको डिभोर्स भन्ने भन्नेबारे चर्चा गरिएको छ ।
क–कसको भयो घरजम ?
निशा अधिकारी (अभिनेत्री)
अभिनेत्री नीशा यो बर्ष बिबाह गर्ने पहिलो सेलिब्रेटी बनिन् । जन न्युज नेपाल खवर। उनले असार १६ गते प्रेमी क्रिकेटर शरद भेष्वाकरसँग दरबार मार्गस्थित होटल अन्नपूर्णमा लगनगाँठो कसेकी हुन् । नीशा र शरदले दुवै परिवारको सहमतिमा परम्परागत शैलीमै विवाह गरेका थिए । विवाह समारोहमा दुवै परिवारका सदस्य, नजिकका आफन्त तथा सीमित कलाकर्मी सहभागी थिए । उनले सरकारका विशिष्ट कर्मचारी, वरिष्ठ कलाकार, सहकर्मी र नजिकका पत्रकारलाई बिबाह भोज समेत खुवाएकी थिइन् । लामो समय देखिको प्रेम सम्बन्धलाई यी दुबैले बिबाहमा परिणत गरेका थिए ।
राजबल्लभ कोइराला (अभिनेता)
राज बल्लभ कोइरालाले यहि मंसिरमा अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा लगनगाँठो कसेका थिए । उनले प्रतिमा बिमलीसँग विवाह गरेका हुन् । लामो समयदेखि प्रेमलाई उनले विवाहमा परिणत गरेका हुन् । बिमली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् । उनको विवाहमा अमेरिकामा रहेका केही कलाकार सहभागी थिए ।जन न्युज नेपाल खवर
गम्भीर विष्ट र निश्मा घिमिरे (अभिनेता/अभिनेत्री )
नृत्य निर्देशक गम्भीर र अभिनेत्री निश्माले मंसिरमा बिबाह गरेका हुन् । केही समय देखिको प्रेम सम्बन्धलाई दुबैले परिवारको सहमतीमा लगनगाँठो कसेका हुन् । कौशलटारस्थित एक वैंकटमा दुबैका नजिकका साथी र परिवारको उपस्थितिमा विवाह गरेका थिए । गम्भिर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । निश्मा अभिनित चलचित्र ‘रिदम’ हिट भएको थियो । त्यसपछि उनी ‘लभ यु बाबा’ चलचित्रमा निश्मा देखिएकी थिइन् । गम्भीर भने म्युजिक भिडियो तथा चलचित्रका नृत्य निर्देशक हुन् । जन न्युज नेपाल खवर
मोनिका दाहाल (अभिनेत्री )
अभिनेत्री मोनिका दाहालको पनि यो मंसिरमा लगन जुर्यो । काठमाडौ निवासी साइमन क्षत्रीसँग उनले विवाह गरेकी हुन् । उनको वर परिवाले जुराइ दिएको थियो । काठमाडौकै एक पार्टी प्यालेसमा परिवारका सदस्य, आफन्त र सिमित साथीभाइको माझ उनले लगनगाँठो कसेकी हुन् । साइमन व्यवसायी हुन् । ‘राहादानी’ र ‘कस्तो टेन्सन’ लगायत मोनिकाले करिब दर्जन चलचित्र अभिनय गरेकी छन् । जन न्युज नेपाल खवर
अशिष्मा नकर्मी (अभिनेत्री)
अभिनेत्री अशिष्मा नकर्मीले बर्षको अत्य तिर लगनगाँठो कसेकी हुन् । संयुक्त राज्य अमेरिका बस्दै आएका काठमाडौं नयाँ बानेश्वर निवासी चार्टर एकाउन्टेन्ट नविन प्रधानसँग उनले कालिमाटी स्थित एक ब्यैङकेटमा नेवारी परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । भाइको माध्यमबाट भेट भएका नविनसँग एक सातामै बैबाहिक सम्बन्धमा गाँस्ने निणर्य गरेको अभिनेत्री उनले बताएकी थिइन् । ‘अन्तराल’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी उनले अर्धकट्टी, राघव, तोरी लाउरे, लभ यु बाबा, बाटो मुनिको फूल २, संरक्षण लगायतका चलचित्रमा अभिनय गरेकी छन् । जन न्युज नेपाल खवर
कविराज गहतराज (नृत्य निर्देशक)
कोरियोग्राफर कविराज गहतराजले पनि वर्षको अत्यतिर बिबाह गरेका हुन् । ३२ बर्षीय कविराजले आफ्नै दाईकी साली पर्नेवनारायनथान निवासी २२ बर्षिया रोजी घिमिरेसँग लगनगाँठो कसेका हुन् । उनले आफ्ना परिवार र केहि नजिकका साथीहरू र नेपाली चलचित्र निर्माता, निर्देशक, पत्रकारलाई बिबाह भोज खुवाएका थिए । गहतराजले आफ्नो बिहेलाई गोप्य राख्न चाहे पनि उनका नजिकका केही साथीहरूले सामाजिक संजालमा तस्बिर सहित शुभकामना दिएपछि बिबाह सार्वजनिक भएको हो । जन न्युज नेपाल खवर
भोर्स भयाे
मनोज गजुरेल (हास्य कलाकार)
हास्यकलाकार मनोज गजुरेलले पत्नी मिनासँगको सम्बन्ध यसै बर्ष टुङ्ग्याए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका हुन् ।
सम्बन्ध विच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्काेलाई गाली गर्दै मिडियामा प्रस्तुत भए । उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । वि सं२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको बैचारीक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यही पुस ११ गते अदालतबाटै कानुनी रुपमा उनीहरुले सम्बन्ध सकाएका हुन् । जन न्युज नेपाल खवर
मिलन अमात्य (गायिका)
गायिका मिलन अमात्यले श्रीमान मेन्सन अमात्यसँग यसै बर्ष डिर्भोस गरिन् । दुवै जनाबीच पारिवारिक खट्पट उत्पन्न भएपछि उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धमा पूर्ण बिराम लगाए । मिलन श्रीमानबाट सांगीतिक यात्रामा सहयोग भएन भन्दै असन्तुष्ट थिइन्, भने मेन्सनले भने उनी अर्काेसँग प्रेममा रहेको बताएका थिए । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुका बालबच्चा भने छैनन् ।जन न्युज नेपाल खवर
रीमा विश्वकर्मा (मोडल/अभिनेत्री)
रीमाले पति रोवर्ट विश्वकर्मासँगको सम्बन्ध यसै बर्ष तोडेकी छन् । पति रोर्बटसँग करिब १ बर्ष अघिदेखि सुरु भएको आन्तरिक मनमुटाबका कारण दुबैले सम्बन्धमा पूर्णबिराम लगाएका हुन् । उनले १५ सेप्टेम्बर२०१५ मा आफ्नो रोजाईमा बेलायतमा बस्दै आएका रोबर्ट बिश्वकर्मासँग बिबाह गरेकी थिइन् । रीमा र रोर्बटले बिबाहको हनिमुन खर्च कालकारहरुको संस्थालाई आर्थिक सहयोग गर्दै बैबाहीक सुरुवात गरेका थिए ।जन न्युज नेपाल खवर
तेजुला खतिवडा (अभिनेत्री)
अभिनेत्री तेजुला खतिवडाले पति सुमनराज बस्नेतसँग यसैबर्ष सम्बन्ध विछेद गरेकी छिन् । उनीहरुले ०७३ फागुन ७ मा विवाह गरेका थिए । तेजुला र सुमनराजले जिल्ला अदालत काठमाडौंबाट आधिकारीक रुपमा सम्बन्ध विछेद गरेका थिए । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीस अमृतबहादुर बस्नेतले उनीहरुको सम्बन्ध विच्छेदको निर्णय सुनाएका थिए । चलचित्र र मोडलिङमा सक्रिय तेजुलाले जापान बस्दै आएका पेशाले कानुन व्यवसायी सुमनराजसँग लगनगाँठो कसेकी थिइन् । उनीहरुको एकवर्ष नबिदै सम्बन्ध विछेद भयो ।जन न्युज नेपाल खवर