Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनमोल केसीसँग डेटको इच्छा छ– मोडल/अभिनेत्री भावना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २८ २०७४
  • 4.9K
    SHARES

काठमाडौं– मोडल भावना गुरुङको अब केही दिनमै अर्को परिचय थपिँदैछ, त्यो हो नायिका । उनी नायिकाको भूमिकामा रहेको पहिलो चलचित्र ‘स्वर्ग मेरो गाउँ’ वैशाख ७ गतेबाट प्रदर्शनमा आउँदैछ । हुन त उनले गुरुङ भाषाको चलचित्रमा भने काम गरिसकेकी छन् । तर नेपाली भाषाको भने ‘स्वर्ग मेरो गाउँ’ डेब्यु हो । कलाकारितामा फरक परिचय बनाउने सोचका साथ सङ्घर्षरत उनी चितवनकी स्थायी बासिन्दा हुन् । कलेज अध्ययनसमेत उतैबाट गरेकी उनी अहिले राजधानीमा रहेर कलाकारिता अगाडि बढाइरहेकी छन् । करिब ६ वर्ष अगाडि फेसन सो मार्फत मोडलिङ रोजेकी उनीसँग दर्जनौं फेसन सो, म्युजिक भिडियो र विज्ञापन चलचित्र अभिनय अनुभव पनि छ । त्यसो त उनी फेसन सोको आयोजक र कोरियोग्राफर पनि हुन् । उनको अभिनय रहेको ‘स्वर्ग मेरो गाउँ’ गाउँ घर छाडेर विदेशमा अध्यायन गर्न रुचाउने युवायुवतीको कथामा बनेको छ । यो अहिलेको वास्तविक कथा हो । यसमा बोल्ड एन्ड ब्युटी भूमिकामा आफू रहेको बताउने उनको मनपर्ने हिरो सलिमान बानियाँ हुन् । तर डेटको अवसर मिले उनी अनमोल केसीसँग जाने बताउँछिन् । उनको ६, ७ वर्षको प्रेम भर्खर भर्खर टुटेको छ । तर पनि चिन्तित नदेखिएकी उनले बिहान चाँडो उठ्न नसक्ने र फोन नउठाउने आफ्नो नराम्रो बानी भएको सुनाइन् । यिनै भावनासँग रातोपाटीको दस प्रश्न ।

राम्री देखिनु भा’छ । सौन्दर्यतिर धेरै रुचि छ कि ?
– धेरै नै ध्यान दिन्छु । किनभने बच्चादेखिकै मेरो अलि बढी चञ्चले, अलि राम्रो बन्नुपर्ने, धेरै ऐना हेर्नुपर्ने बानी थियो । मेरो सौन्दर्यको राज भनेको पानी हो । म धेरै पानी पिउँछु । अर्काे कुरो समयमा सुत्छु र

समयमा उठ्छु । अनुहारमा डे क्रिम र नाइट क्रिम हरेक दिन लगाउँछु । बाहिर निस्कनुपर्दा राम्रै मेकअप गर्नुपर्ने बाँनी छ । गाजल र लिपिस्टिक कहिलै पनि छुटाउँदिन ।

कसरी फिट देखिनु हुन्छ  ?
– सबैले यही प्रश्न गर्छन् । तर म त्यस्तो जिम, योगा, जुम्बालगायतका कुनै पनि एक्सरसाइज गर्दिनँ । मेरो फरफेट नेस प्राकृतिक उपहार हो । म जति खाए पनि मोटाउँदिन ।

फेनतिर रुचि छ कि ?
– धेरै छ । के फेसन चल्दै छन्, के नयाँ आए लगायतका सबै ज्ञान राख्छु म । आफूलाई मन नपरेको ड्रेस पनि एक पटक म लगाएर हेर्छु । लगाउँदा राम्रो देखियो भने किन्छु । मन परेको ड्रेस सुहाएन भने किन्दिनँ पनि । हाप पाइन्ट र टिसर्ट मलाई एकदमै राम्रो लाग्छ । धेरै राम्री देखिने सारीमै हो ।

– हा हा आँखा, जे कुरा गर्दा पनि आँखामा हेरेर गरिन्छ । त्यसैले पनि आँखा सुन्दर भएको पुरुष मलाई सारै मनपर्छ ।

फुर्सदको समय के गरिनछ नि ?
– टिभी हेर्ने, इन्टरनेटमा रमाउने, साथीहरूसँग घुम्ने यस्तै यस्तै त हो नि । टिभीमा पनि कपिल शर्मा सो धेरै मनपर्छ ।

पूरा नभएको सपना छ ?
– यस्तो काम गर्न मन लागेको छ, जुन कामले मलाई सबैले भावना भनेर चिनोस् ।

प्रेममा त पक्कै हुनुहुन्छ होला ?
– हा हा हा, खै के भनौं । पहिला थिएँ, अहिले छैन । अहिले सिङ्गल हो । ऊ नराम्रो पनि होइन । म पनि नरामीे छैन तर ६, ७ वर्षको हाम्रो प्रेम सम्बन्ध विचार नमिलेर छुट्यो ।

घुम्न कतिको मनपर्छ ?
– धेरै मनपर्छ । बेलाबेलामा पनि घुम्न गइरहेकी हुन्छु । पोखरा, धरान, सोलुलगायतका ठाउँ घुमेकी छु । अझ धेरै घुम्न बाँकी छ ।

मनपर्ने सवारी साधन ?
– धेरै सजिलो स्कुटर लाग्छ तर हामी मेकअप गरेर टिपटप बनेर हिँड्नुपर्ने भएकाले गाडीमा हिँड्दा काठमाडौंको धुलो धुवाँलगायत फोहोरले असर गर्न पाउँदैन । यही ठीक लाग्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– अनमोल केसीसँग जान चाहन्छु तर मनपर्ने हिरो चाहिँ ‘ए मेरो हजुर २’ को सलिमान बानियाँ हुन् । उनको कोरियन लुक सबैभन्दा फकर लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४