Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलमार्ग, रेल र कृषिमा सहकार्य गर्नेसहित नेपाल र भारतको १२ बुँदे संयुक्त बक्तब्य :


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २४ २०७४
  • 11.2K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन्।

वक्तव्यको बुँदा नम्बर ९ मा कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने विषय उल्लेख गरिएको छ।

तीनै विषयमा छुट्टाछुट्टै समझदारी समेत भएको छ। कृषिसम्बन्धी समझदारी अनुसार अब नेपाल र भारतले संयुक्त रूपमा कृषि क्षेत्रको विकासमा काम गर्नेछन्। त्यस्तै, दुबै पक्षले निर्यातमा समेत जोड दिनेछन्। दुबै पक्षले माटोको स्वास्थ्य तथा नयाँ बिऊ बिजन उत्पादनमा समेत अनुसन्धानमा सहकार्य गर्नेछन्।

त्यस्तै, जलमार्गसम्बन्धी समझदारी अनुसार नेपालले अब कार्गोहरूको ढुवानी जलमार्ग मार्फत् गर्न पाउने छ। समझदारीमा भनिएको छ – ‘व्यापार तथा पारवान सम्झौताअन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको पहुँच दिने ऐतिहासिक समझदारीमा दुई प्रधानमन्त्री सहमत छौँ।’

जलमार्गसम्बन्धी व्यवसाथा समेट्न दुई देशबीच व्यापार तथा पारवाहन सम्झौता संशोधनका लागि आवश्यक गृहकार्य गर्ने समझदारी समेत भएको छ।

त्यस्तै, नेपाल र भारतबीच एक वर्षभित्रै काठमाडौं र रक्सौल जोड्ने रेलको सम्भाव्यता अध्ययनको सहमति भएको छ। रेलको सर्वे भारतले गर्नेछ। सर्वेपछि दुई मुलकको आपसी समझदारीमा लगानीको मोडल र विस्तृत परियोजन निर्माण अगाडि बढाइनेछ।

त्यस्तै, नेपाल र भारतबीच तीन नयाँ ठाउँबाट भारतीय रेल नेपाल जोड्न समझदारी भएको छ। जलपाइगुडीबाट काकडभित्ता, नौतनवाबाट भैरहवा र नेपालगञ्जमा भारतीय रेल जोड्ने समझदारी भएको छ। दुई प्रधानमन्त्रीले सन् २०१८ भित्रै जयनगरदेखि जनकपुर र जोगबनीदेखि विराटनगर रेल निर्माण सम्पन्न गर्ने समझदारी भएको छ।

संयुक्त वक्तव्यमा भारतले नेपालमा सञ्चालन गरिरहेको आयोजनाहरूलाई गति दिने उल्लेख छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ‘सबैको साथ सबैको विकास’ नीति अनुसार छिमेकीहरूलाई सहयोग गर्ने जनाएका छन्।

ओलीले भने नेपालमा ऐतिहासिक परिवर्तन भएको उल्लेख गर्दै आर्थिक विकासका लागि नेपालले समृद्ध नेपाल, सुखी नेपाली नारा बनाएको बताएका छन्।

संयुक्त वक्तव्यमा दुई पक्षबीच उच्च राजनीतिक भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४