Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युवा तथा खेलकुद मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक, के-के परे प्राथमिकतामा?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २३ २०७४
  • 3.1K
    SHARES

युवा तथा खेलकुद मन्त्रालयले सय दिने कार्ययोजना सार्वजनिक गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेको हो। जनताप्रति जवाफदेही हुने गरी काम गर्न सय दिनमा गर्ने प्रमुख कार्यहरू समेटिएको योजना सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए। उनले मुलुकलाई समृद्ध बनाउने सरकारको प्रतिबद्धता पुरा गर्न पनि कार्ययोजना सार्वजनिक गर्नु परेको पनि स्पष्ट पारे।

कार्ययोजनामा काठमाडौं उपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने योजना अघि सारिएको छ।

मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि गाउँ तहदेखिनै पूर्वाधार निर्माणको कामलाई पनि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।त्यसैगरी, मूलपानी क्रिकेट मैदान निर्माण कार्य सुरू गर्ने योजना पनि अघि सारिएको छ। मैदान निर्माणका लागि जग्गासम्बन्धी देखिएको विवाद तत्काल समाधान गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ । त्यसैगरी, दशरथ रंगशाला परिसरमै खेलकुद अस्पतालको निर्माण कार्य सुरू गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।  मन्त्रालयले १०० दिनभित्र सबै प्रदेशमा रंगशाला निर्माण कार्य सुरू गर्ने योजना पनि तय गरेको छ।

मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद नीतिको आवश्यक परिमार्जन गर्ने, १२ वर्षे खेलकुद गुरु योजनाको मस्यौदा तयार पार्ने, पोखरा, तुलसीपुर र इटहरीलाई खेलकुद सहरको रूपमा विकास गर्नका लागि आवश्यक सम्भावता अध्ययनको काम सम्पन्न गर्ने पनि बताए।

त्यसैगरी, मन्त्रालयले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ। मन्त्री विश्वकर्माले मन्त्रालयको जिम्मेवारी लिएको जेठ १३ गते १०० दिन हुँदैछ।

सोही समयभित्र गर्ने प्रमुख कामहरूको योजना शुक्रबार सार्वजनिक गरिएको हो। मन्त्री विश्वकर्माले ती कार्ययोजना अनुसारको कामहरूको प्रगति विवरण जेठ १७ गते सार्वजनिक गर्ने घोषणा पनि गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४