Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदद्वारा शोक प्रस्ताव पारित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १९ २०७४
  • 24.7K
    SHARES

काठमाडौँ– प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।  बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

खड्का वि.सं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य खड्काको यही चैत १६ गत ६७ वर्षको उमेरमा निधन भएको थियो ।

लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता एवं समाजसेवी स्व खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार दिनको १ बजे र राष्ट्रियसभाको अर्को बैठक अपराह्न ४ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४