Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्राफिक जामको समस्याले आक्रान्त भएका राजधानीबासीका लागि खुसीको खबर ! राजधानीको ट्राफिक जाम हटाउन तात्यो गृह मन्त्रालय, ३ वटा कमिटि बनाएर काम थाल्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १५ २०७४
  • 3.6K
    SHARES

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपत्यकाको ट्राफिक जाम अन्त्य गर्न विभिन्न कमिटि नै बनाएर काम सुरु गरेका छन् ।

‘ट्राफिक जामक अन्त्य गर्ने विषयलाई नै लिएर गृहमन्त्रीले ३ पटक बैठक डाकिसक्नु भएको छ,’ गृह मन्त्रालयका प्रेस संयोजक किरण भट्टराईले  भने, ‘ट्राफिक जामको व्यवस्थापन गर्न मन्त्रीज्यू आफैंले विशेष सक्रियता देखाउनु भएको छ ।’

ट्राफिक जाम हटाउने उद्देश्यले गृहमन्त्री थापाको संयोजकत्वमा अर्थ, सञ्चार, भौतिक पूर्वाधार, उर्जा, शहरी विकासलगायतका मन्त्रालयका सचिवहरु सदस्य रहेको कमिटि गठन गरिएको छ ।

‘आगामी बैठक ट्राफिक व्यवस्थापनमा कार्ययोजना लिएर आउनु भन्नुभएको छ,’ भट्टराईले भने ।

मन्त्री थापाले पहिलो चरणमा सडक विभाग, यातायात कार्यालय, ट्राफिक प्रमुख र त्यसपछि उपत्यकाका महानगरसहित सबै स्थानीय तहका प्रमुखलाई मन्त्रालयमै बोलाएर ट्राफिक जाम अन्त्य गर्नका लागि छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

त्यसैगरी, शस्रत्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेनाका केन्द्रिय प्रमुख र काठमाडौं, ललितपुर र भक्तपुरका सीडीयो, ट्राफिक प्रमुख र प्रहरी प्रमुखलाई बोलाएर पनि छलफल गरिसकेका छन् ।

उक्त कमिटिको मातहतमा फेरि अर्को कमिटि पनि गठन गरिएको छ । ट्राफिक प्रहरी, नेपाल टेलिकम, विद्युत प्राधिकरण, सडक विभालगायतका प्रमुखहरु संलग्न कमिटी छ । सो कमिटिले सडक निर्माण समयमा भयो कि भएन, कहाँ कहाँ ट्राफिक व्यवस्थापनको जिम्मा कस्तो छ र कसरी व्यवस्थित गर्ने लगायतका कामहरु गर्नेछ ।

विगतमा पनि मन्त्रीहरुले यस्ता कमिटिहरु बनाउँदै आएका थिए । तर, जनतालाई अनुभुत हुनेगरी ट्राफिक जाम नियन्त्रण गर्न भने सकेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४