Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुकुरका लागि स्मार्ट भेस्‍ट आयो, अब मालिकलार्इ हाइसन्चो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 7K
    SHARES

यस वर्षको मोवाइल वर्ल्ड कंग्रेसका विशेष आकर्षणमध्ये घरपालुवा कुकुरले लगाउने ‘स्मार्ट डग भेस्ट’ पनि रह्यो ।

 

फिलिपिन्‍सका स्टार्ट अप व्यवसायी टोनी कौटुले निर्माण गरेको यो स्मार्ट भेस्ट कुकुरलाई लगाइदिएपछि मालिकलाई धेरै हदसम्म हाइसञ्चो हुनेछ ।

भेस्टमा राखिएको सेन्सरले कुकुरको मुटुको गति, तापक्रम, कुकुर कराउने तथा भुकेको आवाज र शरीरको तापक्रम नाप्नेमात्र होइन कुकुर कहाँ पुगेको छ भन्ने जानकारीसमेत दिन्छ ।

भेस्टमा एउटा सिमकार्डजस्तै चिप्स राखिएको हुन्छ, त्‍यही सिमले कुकुरबारे जानकारी मालिकको स्मार्ट फोनसम्म पुर्‍याउँछ । यो भेस्टले कुकुरलाई धेरै तातो भएमा कारबाट बाहिर निकाल्न सुझाव दिने र धेरैबेर उभिएर कुकुरको भुँडा दुखेकोसमेत जानकारी मालिकलाई दिन्छ ।

यो भेस्टको मूल्य १५० देखि १९० युरोसम्म तोकिएको छ । यो भेस्टको पहिलो उत्पादन सन् २०१८ को अन्त्यसम्म उपभोक्ताको हातमा पुगिसक्ने उत्पादकले कौटुले जनाएका छन् ।

‘यो व्यवसायप्रति म आशावादी छु, किनभने संसारका १७ करोड घरमा कुकुर पालिएको छ’ उनले भनेका छन् ‘कुकुर हाम्रो परिवारको सदस्य हो, यो भेस्टले हाम्रो कुकुरलाई सजिलोसँग बुझ्न सहयोग गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४