Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको नाममा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 9.6K
    SHARES

अहिले लोकतान्त्रिक गणतन्त्र नेपालका दोस्रो राष्ट्रपति सम्माननीय विद्या देवी भण्डारीज्यू हुनुहुन्छ। म यो राष्ट्रपति शब्दको सट्टा अर्को उपयुक्त वैकल्पिक शब्द प्रयोगका लागिसमेत प्रस्ताव गर्दछु। मानौं,यो लैङ्गिक मैत्री पनि छैन।

शुरूवात गरौं, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको नामबाट नै । सङ्केतमा यती मात्र भन्छु-जननेता मदन भण्डारीको पत्नी भएका कारण सम्माननीय राष्ट्रपति विद्या देवी पाण्डे नै जननेता मदन भण्डारीको निधनपछि भण्डारी हुनुभएको हो। तर महिला, जनजाति वा दलित आदि कोटाबाट राजनीतिको उकालो चढ्दै गर्नु हुने सुजिता शाक्य, तुलसा गौतमलगायतका महिला नेतृ पितृसतात्मक पहिचानको विपक्षमा हुनुहुन्छ। यो विरोधाभासको सन्दर्भ पनि अहिलेलाई यति नै।

रह्यो,यो अहिलेको लोकतान्त्रिक गणतन्त्र नेपालको आजको सन्दर्भ, यो अढाई सय वर्ष पहिले पृथ्वीनारायण शाहले एकीकृत गरेका थिए। पृथ्वीनारायणले यसो भनेका थिए- यो मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, चार जात छतीस वर्णको फूलबारी हो।

यसको अर्थ यस्तो हुनसक्छ-‘यो देश मेरो दुःखले मात्र बनेको होइन अर्थात मेरो दुःख त सामान्य हो। ठूलो कुरा त यो हामी सबैको/धेरैको ठूलो दुःख त्याग वा बलिदानबाट बनेको धेरै जातको फूलबारी हो भन्ने हामीले ख्याल राख्नुपर्छ। यसलाई हामी कसैले ख्याल ख्याल वा मेरो मात्र दुःख सम्झिनु हुन्न है।’ तर, दुनियाँले अर्कै बुझिदिए। भनियो पृथ्वी नारायणले त यसो पो भनेका थिए- ‘यो मेरो सानो दुःखले आर्जेको कहाँ हो र? मैले कति ठूलो दुःखले पो आर्जेको हुँ त।’ यो सन्दर्भ पनि अहिले यति नै ।

एकीकरणपछि पृथ्वीनारायणलाई पनि लागेको हुँदो हो, यो राज्य मैले नजोगाए कसले पो जोगाउला र? र उनीपछि उनका १२ पुस्ताका हरेकले यही ठाने होलान्! सताच्यूत पूर्वराजा ज्ञानेन्द्र शाहका बेला कुबेलाका कतिपय अभिव्यक्ति अहिले पनि यस्तै लाग्छन्- ‘म भएको भए यस्तो कहाँ हुन्थ्यो र? अझै मेरो विकल्प छैन।’

राष्ट्रको इतिहासमा व्यक्ति बदलिए पनि बिधि र बाटो उही नै हुन्छ वा एकै रहने गर्छ। उदाहरण अनेक होलान् राजतन्त्र मात्र नै किन? वीपी कोइराला वा कोईराला परिवारलाई लागेको हुँदो हो, वीपीपछि काङ्ग्रेस पार्टी के होला? विपीपछि कृष्णप्रसाद भट्टराई, भट्टराईपछि गिरिजाप्रसाद हुँदै सुशील कोइरालापछि शेरबहादुर देउवा यो पार्टीको प्रमुख हुनुहुन्छ अहिले। उहाँ अर्थात देउवाज्यू आफूले छोडे काङ्ग्रेस पार्टी सिध्दिन्छ भनेर हुटिट्याउँ शैलीमा उतानो परेर बस्नु भएको छ। हिजो उहाँका लागि गिरिजा वा सुशील कोइरालाले यही शैली गर्दा उहाँलाई पनि लागेको हुँदो हो- यो के कोइराला पारिवारको पेवा हो र? तर, अहिले उहाँले पनि आफ्नो पेवा नै पार्न खोजेको जगतले देखेको वा भनेको छ। पार्टी सभापति त हुनु नै हुन्छ अहिले पनि। सात पटक प्रधानमन्त्री हुने उहाँको सपना र ज्योतिषीको भविष्यवाणीको कुरा पनि उहाँले नै सार्वजनिक गर्नु भएको छ। त्यसैले अहिले पनि उहाँले अल्पमत नै सही युवा भावनाको कदर गरेर आफूले त्याग गर्नसक्ने एउटा महत्वपूर्ण अवसर गुमाउनुभयो।

अहिले पनि मतान्तरले जितेर संसदीय दलको नेता हुनु भनेको चार पटक प्रधानमन्त्री भइसके पनि फेरि अर्को पटक त्यसको लालच बोक्नुको प्रमाण हो देउवाज्यूको पनि।

मानिलिउँ, के नेपाली काङ्ग्रेसमा देउवा मात्र सबैभन्दा क्षमतावान र अरु सबै मुर्ख छन् त? के ती सबैभन्दा क्षमतावान वा महाज्ञानी भएका कारण उहाँ पार्टी सभापति वा ४-४ पटक प्रधानमन्त्री बन्नु भएको हो र? उहाँ बाहेक अरू पार्टी सभापति वा प्रधानमन्त्री बन्न लायक नै नभएर त होइन होला नि? त्यस्तै अहिलेका राष्ट्रपति भण्डारी वा प्रधानमन्त्री ओली नै पनि अरू सबैभन्दा महाज्ञानी भएर नै मात्र सो पदमा पुग्नु भएको हो र? पक्कै होइन । हो के त? यी पद एउटै मात्र हुने भएकाले बाहेक त अरु धेरै मानिस उहाँहरूभन्दा कम त कोही पनि छैन नि होइन र? पद यदी धेरै नै हुँदो हो त उहाँहरू बराबर वा अलिक बढी नै योग्यता क्षमता भएका मानिस छन् नि पक्कै पनि। उहाँहरूभन्दा पहिले पनि यो पदमा कोही थियो र पछि पनि कोही हुन्छ नै।

यो पदहरू भनेको प्राबिधिक वा सम्मान र अनुशासनका सङ्केतहरू मात्र हुन्। पदहरू भनेको वा कुनै औपचारिक पदासिन व्यक्तिको लागि मात्र पद कुनै विशिष्ट वा चमत्कार गर्ने क्षमताको मापदण्ड हुँदै होइन।

नागरिक सर्वोच्चताका लागि तपाईं-हामी लड्यौं। नागरिक सर्वोच्चता र विधिको कुरा गर्दा विद्या देवी भण्डारीले जुन भूमिका र अवसर पाउनुभयो अब त्यो उचाइभन्दा माथि जाने ठाउँ छैन। जनताका छोरा छोरीले पाउने यो भूमिका र अबसरमा गर्न सक्ने कुनै चमत्कार भए उहाँले गरिनै सक्नु भएको छ पक्कै पनि पहिले नै। अब यसैमा कुनै अर्को चमत्कार गर्ने भनेको मैले नै यो भूगोलको आकाशमा कालो बादल मडारिन दिन्न भन्ने हुटीट्याउँ सपना वा ओरालो यात्राको दिनगन्ती हुने छ।

व्यक्तिगत रूपमा आफूले चिनेको व्यक्तित्व राष्ट्रपति हुनु मेरा लागि खुशी वा गौरवको कुरा हो तर मैले यो महसुस गर्न सक्ने अवस्थाको दिनगन्ती पो शुरु भएको हो कि भन्ने महसुस हुँदैछ।

संविधान वा विधानका भावनाहरू भनेको पदीय मर्यदा र संस्थाको सर्वोच्चताका लागि केही उदार हुनु स्वाभाविक नै हो। सम्बिधानत:राष्ट्रपतीलाई दुई कार्यकाल त्यस पदमा रहन सक्ने होला पनि। प्रधानमन्त्रीका लागि आजीवन नै खुला पनि होला। तर तत्कालिन प्रधानमन्त्री देउवाज्यूले सात पटक प्राधानमन्त्री हुने आफ्नो योग छ भन्दा किन जगतले नै हाँसोमा उडायो? तर अहिले पनि दोहोर्‍याएर नै सही केपी ओली प्रधानमन्त्री हुने कुरामा नेकपा एमालेमा किन कसैको विमति देखा परेन? नेकपा माओवादी पार्टी एकिकरणपछि माओवादीका अध्यक्ष प्रचण्डसँग आलोपालो प्रधानमन्त्री चलाउने चर्चा चल्दा किन जनमतको भावनाको अपमान नगर भनेर आवाज उठ्यो?

यी समयानुसार व्यक्ति स्वयम् जवाफदेही हुनुपर्ने नैतिक प्रश्नहरू हुन्। यी प्रश्नहरूले व्यक्तिको त्याग र प्रतिष्ठाको उचाइको निस्वार्थ कामना गरेको हुन्छ।

नेपाली राजनीतिक/सामजिक वा साँस्कृतिक क्षेत्रमा सल्लाहकारहरूको व्यबस्था र भूमिका महत्वपूर्ण मानिन्छ। सम्माननीय विद्या देवी भण्डारीज्यूको सल्लाहकार सहयोगी वा विज्ञहरू पनि धेरै नै वा पर्याप्त हुनु होला। मिल्यो भने वा मिलाएर उहाँका सल्लाहकार,सहयोगी वा विज्ञहरूले यस्ता किसिमका सल्लाह पनि दिनु हुने विश्वास छ।

उहाँ नै अर्थात वर्तमान राष्ट्रपति भण्डारीज्यू नै यस गरिमामय स्थानमा फेरि पनि दोहोरिने हो भने उहाँको वरिपरी बसेर तर मार्ने वा नाजायज फाइदा लिन चाहने कसैका वा केहीका लागि राम्रै अबसर पनि होला। तर, उहाँले प्राप्त गर्नु भएको नागरिक सर्वोच्चताको उचाइ बढाउने वा कुनै राष्ट्रले चमत्कार गर्ने आशा होइन सतालिप्साको पुष्टि गर्छ।

नागरिक सर्वोच्चता प्राप्त गर्ने अन्य नागरिकको अवसरका लागि पनि उहाँको भूमिका असहोगी साबित हुनेछ।

तपाईँ विज्ञ पाठकहरू र सम्बन्धित कसैलाई लाग्ला लेखनाथ किन यसरी रोइरहेछ व्यर्थमा? हो म रोएको तपाईँहरूकै अर्थात नेताहरूकै मायाले हो ताकी उहाँहरुलाई देखेर बाँकि जगत नहाँसोस्। कसैलाई लाग्ला वा भन्नु होला पनि होला, राष्ट्रपति ज्यूले त्यो रहर कहाँ गर्नु भएको छ र? हावा नचली पात हल्लिएको भए क्षमा पार्थी छु।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४