Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सिल्भर जुब्ली साँझ’ गर्दै रेखा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 7.2K
    SHARES

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीतबाट सांगीतिक यात्रा सुरू गरेकी गायिका रेखा शाहले पहिलोपटक एकल गायन कार्यक्रम गर्ने भएकी छन् । आफैले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’को आयोजना फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन काठमाडौँको याक एन्ड यति होटलमा सो कार्यक्रम हुने संस्थाबाट जारि गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

एकल गायनमा उनले आफ्नालगायत अन्य अग्रज स्रष्टाका करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने छिन् । शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायणगोपाल, तारादेवी, सरोजगोपाललगायतका कलाकारका कालजयी गीत–गायनमा द लिजेन्ड व्यान्डले वाद्यवादनमा साथ दिनेछ भने युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन् ।

‘मार्च महिना नारी विशेष । म अझै जेन्डर स्टडीकी विद्यार्थी । त्यो दिन नारीको सम्मानका निम्ति पनि कार्यक्रम गर्दै छु ’, रेखाले भनिन्।

कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षादीक्षामा सहयोग गर्दै आइरहेको उनको फाउन्डेसनले सोही दिन राष्ट्र र समाजको उन्नयनमा योगदान दिँदै आइरहेका विभिन्न क्षेत्रका आधा दर्जन नारीहरुलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्नेछ ।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत गायनमा सिमसिमे पानीमाले प्रथम स्थान प्राप्त गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाहका ‘द लाइन’, ‘आकृति’, ‘स्मृति’ आदि एल्बमहरु सार्वजनिक भएका छन्। ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखूँ भने’ लगायतका उनका गीत चर्चित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४