Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने डाक्टरले काउन्सिललाई समेत ढाँटे, निलम्बनमा पर्न सक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २३ २०७४
  • 8.9K
    SHARES

देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन्।

काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरूले ‘बिरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौं’ भनेर दाबी गरेका थिए । शल्यक्रियामा डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकार संलग्न थिए ।

चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो । एमआरआई परीक्षणबाट देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि पौडेल उपचारका लागि चितवनबाट नर्भिकमा आएकी थिइन् ।

‘काउन्सिलबाट कारबाहीमा परिने डरले उनीहरूले सरासर ढाँटेका हुन्,’ काउन्सिलका एक पदाधिकारीले कान्तिपुरसँग भने, ‘जनदबाब पर्दा बिरामीसँग गल्ती स्वीकार गरेर ढाकछोप गर्ने र कानुनी कारबाहीमा परिने डरले काउन्सिलमा आफूले गल्ती नगरेको दाबी गर्ने प्रवृत्ति देखियो ।’

डा. नेपाल, डा.रञ्जितकार, नर्भिकका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंह, बिरामीका पति किशोर पौडेललगायतबीच भएको लिखित सहमतिपत्रमा ‘भूलवश मानवीय त्रुटिका कारण दाहिने घुँडाको अप्रेसन हुन गएको तथ्य उपचारमा संलग्न हामी चिकित्सक प्रवीण नेपाल र शैलेज रञ्जितकार, नर्भिक हस्पिटल स्वीकार गर्दछौं’ उल्लेख छ ।

‘यो लापरबाही नै हो, सार्वजनिक रूपमा समेत उहाँहरूले आफ्नो गल्ती स्वीकार गरिसक्नुभएको छ,’ काउन्सिलका ती पदाधिकारीले भने, ‘यो प्रकरणमा कसैले उजुरी नदिए पनि जनचासोको विषय भएकाले काउन्सिलले आफैं छानबिन थालेको हो ।’

काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले यो प्रकरणमा सरोकारवाला, विशेषज्ञलगायत सबैसँग छलफल र छानबिन भइरहेको जानकारी दिए । ‘छानबिन तथा विज्ञको सुझावका आधारमा नर्भिक प्रकरणमा भोलि (बुधबार) को काउन्सिल पूर्ण बैठकले निर्णय लिनेछ ।’ काउन्सिलले यो प्रकरणमा चिकित्सकलाई निलम्बनसम्मको कारबाही गर्न सक्ने जानकारी स्रोतले दिएको छ ।

नर्भिकले यो प्रकरणमा पीडित पक्षसँग भूलवश गल्ती भएको स्वीकार गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने र भविष्यमा कुनै जटिलता आए उपचार गरिदिने सहमति गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४