Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनुशासन समितिको कारबाहीप्रति डा. शेखर कोइराला समूह रुष्ट, रणनीति बनाउन आकस्मिक भेला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २६ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एकपटक सतहमा आएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीमा संस्थापन इतर समूहका नेताहरूलाई लक्षित गरिएको भन्दै नेता डा. शेखर कोइराला पक्षधर रुष्ट बनेको हो ।

असन्तुष्टिका बीच भावी रणनीति तय गर्न डा. कोइरालाले बिहीबार बिहानका लागि आफ्नो समूहको आकस्मिक भेला बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय, विशालनगरमा बिहान ८ बजे बस्ने भेलामा आफू पक्षीय केन्द्रीय सदस्य, वर्तमान तथा पूर्वमन्त्री, सांसद र जिल्ला सभापतिहरूलाई बोलाइएको छ । ‘अनुशासन समितिको निर्णय पूर्वाग्रही र एकपक्षीय देखिएको छ, यसै विषयमा गम्भीर समीक्षा गर्दै आगामी कदमबारे छलफल गर्न भेला बोलाइएको हो,’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘यो निर्णयले पार्टी एकतामा गम्भीर असर पार्ने देखिन्छ ।

के हो विवादको जड ?

पार्टीको आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले हालै १८ जना नेता-कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो । २०७९ सालमा सम्पन्न स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र हराउन भूमिका खेलेको आरोपमा उनीहरूलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको हो ।

तर, कारबाहीको सूचीमा परेका अधिकांश नेताहरू कोइराला समूहका भएको भन्दै उक्त पक्षले आपत्ति जनाएको छ । कारबाहीमा पर्नेहरूमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका जिल्ला सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसीजस्ता प्रभावशाली नेताहरू छन्, जो कोइराला समूहमा सक्रिय मानिन्छन् । कोइराला पक्षको दाबीअनुसार, १८ मध्ये अधिकांश नेता आफ्नो समूहका हुनुले यो कारबाही प्रतिशोध साध्ने मनसायले प्रेरित भएको प्रस्ट हुन्छ ।

यता, अनुशासन समितिले भने पर्याप्त प्रमाण र आधारमा टेकेर मात्र कारबाहीको निर्णय लिएको दाबी गरेको छ । समितिका संयोजक ढुंगानाका अनुसार, पार्टीका उम्मेदवारलाई हराउन सामाजिक सञ्जाल, अडियो/भिडियो तथा अन्य प्रमाणको प्रयोग गरी असहयोग गरेको पुष्टि भएपछि मात्र विधानअनुसार कारबाही गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४