Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीको सम्बोधनअघि सहमतिको खोजी, सभामुखले डाके प्रमुख सचेतकहरुको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १४ २०८२
  • 1K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने महत्वपूर्ण कार्यसूची रहेकाले सम्भावित अवरोध हटाएर सदनको कारबाहीलाई सहज बनाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । यसै क्रममा उनले आज बिहान प्रमुख दलका प्रमुख सचेतकहरूसँग निर्णायक छलफल बोलाएका छन् ।

सभामुख घिमिरेले बिहान साढे १० बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित आफ्नै कार्यकक्षमा छलफल राखेका हुन् । छलफलमा एमालेका महेश बर्तौला, कांग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेलाई बोलाइएको छ । आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई सञ्चालन गर्ने र दलहरूबीच सहमतिको वातावरण बनाउन बैठक बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको सम्बोधन र अन्य महत्वपूर्ण कार्यसूचीहरू रहेकाले सदनमा अवरोध उत्पन्न हुन नदिन सभामुखले पूर्वतयारी स्वरूप दलका नेताहरूसँग संवाद थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४