Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिद्धिचरण नगरपालिकाको नगरसभा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १० २०८२
  • 4.8K
    SHARES

असार १० । ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका, सिद्धिचरण नगरपालिकाको १६औ आधिवेशन सम्पन्न भएको छ । विभिन्न नीति तथा कार्यक्रम पारित गर्दै नगरसभा सम्पन्न भएको हो । शिक्षा, स्वास्थ्य, कृषी तथा पशुपन्छी, सिञ्चाई, पूर्वाधार विकास, खानेपानी जस्ता क्षेत्रमा बजेट बिनियोजन गर्दै नगर सभा सम्पन्न गरिएको छ । नगरप्रमुख एवं सभाध्यक्ष तेजेन्द्र खनालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ७२ करोड ६५ लाख १३ हजार ९ सय रुपैया बिनियोजन गरिएको छ ।

आगामी आर्थीक वर्षमा अनुमान गरिएको खर्च ब्यहोर्ने श्रोत मध्ये ः नगरपालिकाको आन्तरिक आय २ करोड, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाडबाट ५० लाख राजश्व बाँडफाँड संघीय सरकार ९ करोड ६० लाख ९१ हजार ४ सय १ रुपैया सवारीसाधन कर बाँडफाँड प्रदेश सरकार ८५ लाख ५० हजार संघीय सरकारबाट बित्तीय समानीकरण अनुदान १० करोड ७० लाख समपुरक अनुदान १ करोड १ लाख, बिशेष अनुदान २ करोड ८२ लाख र शशर्त अनुदान चालुतर्फ ३४ करोड ५९ लाख पुँजीगत ५ करोड ४५ लाख प्रदेश सरकार बित्तीय समानीकरण ९७ लाख ९४ हजार समपुरक अनुदान १ करोड र सशर्त अनुदान चालु ४४ लाख १८ हजार सशर्त अनुदान पुजीगत रु ४२ लाख ९ हजार र बाँकी नपुग रकम आ.व. ०८१÷०८२ बाट बैँक मौज्दात अल्या २ करोड २७ लाख ५१ हजार ५ सय रुपैया अनुमान गरिएको छ ।

वडा टोलबस्तीबाट छनौट तथा माग भई आएका योजनाहरुलाई कार्यान्वयनका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । स्थानीय टोलबस्तीबाट आएका योजनाहरुलाई वडास्तरीय र नगरस्तरीय गरेर विभाजन गरी बजेट ब्यवस्थापन गरिएको छ । वडास्तरीय योजना बजेट ब्यवस्थापनका लागि प्रत्येक वडालाई ३५ लाखका दरले बजेट ब्यवस्थापन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४