Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हरायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २३ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको छ । नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा सजिलै पार गर्‍यो ।

नेपालको जितमा आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७८ रनको उत्कृष्ट योगदान दिए । दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन जोडेर जित सुनिश्चित गरे भने कप्तान रोहित पौडेल २३ रनमा रनआउट भए । ओपनिङमा कुशल भुर्तेलले २५ तथा आसिफ शेखले १९ रन बनाए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरभन्दा एक बलअघि नै २२५ रनमा पूरै टिम गुमायो । नोहा कोर्सले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवार्डसले ४६ रनको योगदान दिए । विक्रमजित सिंहले ३८ तथा ज्याक लायनले २७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिएर विपक्षी टिमलाई दबाबमा राखे ।

यो लगातार दोस्रो जितसँगै नेपालले १४ खेलमा चार जित हासिल गर्दै कुल १० अंक बनाएको छ । नेपाल तालिकाको सातौं स्थानमा यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४