Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप लिग-२: बलियो टोली नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २२ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि ऐतिहासिक र सनसनीपूर्ण एक विकेटको जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।

स्कटल्यान्डविरुद्धको रोमाञ्चक जितले उच्च आत्मविश्‍वास बटुलेको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिँदै नेदरल्यान्ड्सलाई स्तब्ध पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित यो त्रिदेशीय शृंखला नेपालका लागि निकै महत्वपूर्ण छ । सात महिनापछि क्रिकेटको लामो ढाँचा (एकदिवसीय) मा फर्किएको नेपाललाई लिग-२ मा आफ्नो स्थान सुरक्षित राख्न र विश्वकप छनोटको ग्लोबल चरणमा पुग्ने सम्भावनालाई जीवन्त तुल्याउन आगामी खेलहरू जित्नैपर्ने चर्को दबाब छ ।

लिग-२ को नियमअनुसार शीर्ष चारमा रहने टोलीले सोझै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने अन्तिम चारमा रहने टोलीले प्लेअफमार्फत अर्को मौका पाउनेछन् । नेपाल अहिले लिग-२ को अंक तालिकामा १३ खेलबाट ८ अंकसहित पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा संघर्ष गरिरहेको छ ।

आजको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स २० खेलबाट २६ अंकसहित तालिकाको दोस्रो स्थानमा बलियो स्थितिमा छ भने आयोजक स्कटल्यान्ड १७ खेलबाट २० अंकसहित चौथो स्थानमा छ । शीर्षस्थानमा अमेरिका (२० खेलबाट २८ अंक) छ भने तेस्रोमा ओमान (२४ अंक), पाँचौंमा क्यानडा (२० अंक), छैटौंमा नामिबिया (१४ अंक) र आठौं स्थानमा संयुक्त अरब इमिरेट्स (युएई) (१६ खेलबाट ६ अंक) रहेका छन् ।

स्कटल्यान्डविरुद्धको जितले महत्वपूर्ण २ अंक जोडेको नेपाललाई अब लिग-२ मा टिकिरहन र शीर्ष चारको दौडमा सामेल हुन आजको खेलमा पनि जित निकाल्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४