वि.सं.२०८२ साल वैशाख २७ गते । शनिबार । ईश्वी सन् २०२५ मे १० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थ संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख शुक्लपक्ष । तिथि–त्रयोदशी, ३० घडी ३४ पला, बेलुकी ५ बजेर ३४ मिनेट उप्रान्त चतुर्दशी ।
नक्षत्र– चित्रा, ५५ घडी १३ पला, रातको ३ बजेर २५ मिनेट उप्रान्त स्वाती । योग–सिद्धि, ५७ घडी ४६ पला, रातको ४ बजेर २६ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, बेलुकी ५ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–कन्या, दिउसो २ जबेर ९ मिनेट उप्रान्त तुला ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २४ पला ।
आजको बार बेला
बिहान ५ बजेर २० मिनेटसम्म काल बेला ।
बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ७ बजेर ० मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर १ मिनेटदेखि बिहान ८ बजेर ४१ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ४२ मिनेटदेखि बिहान १० बजेर २१ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर २२ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४२ मिनेटदेखि दिउसो ३ बजेर २१ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर २२ मिनेटदेखि बेलुकी ५ बजेर २ मिनेटसम्म काल बेला ।
बेलुकी ५ बजेर ३ मिनेटदेखि बेलुकी ८ बजेर २ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ४० मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
बिहान ३ बजेर ४५ मिनेटदेखि बिहान ४ बजेर ३३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहाेला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपरे पनि मनग्य लाभ उठाउन सकिनेछ। फाइदा हुने काम थालनी हुनेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिकाे उपयाेगले लक्ष्यमा पुग्न सकिनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनुपर्ला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। दिउँसाेदेखि नयाँ काम प्रारम्भ हाेला। पेसा व्यवसायमा पनि लाभ हुनेछ।अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्त नजिकिनेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चिलाे कामले अर्थ अभाव निम्त्याउन सक्छ। तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। चिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राकाे प्रक्रिया अघि बढ्नेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनग्य लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हातलागी हुन सक्छ। सञ्चित रकमकाे उपयाेगले लाभ मिल्नेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ। दिउँसोदेखि व्यवसायमा मनग्य फाइदा हुनेछ। कामका बाधा हट्नेछन्। चुनौती स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला। व्यवहार अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरू पछि हट्नेछन् भने सहयाेग जुटाउनेहरू फेला पर्नेछन्। समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनकाे साथले दिन रमाइलाे रहनेछ। विशेष काम गर्न बिहानकाे समय बढी लाभदायक रहनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। साथीभाइ जुट्नाले परिस्थति पनि अनुकूल हुनेछ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। दिउँसाेदेखि लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। धेरै मिहिनेत परे पनि कमै लाभ हुनेछ।