Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनकुनेमा बस, भ्यान र बाइक ठोक्किँदा २३ वर्षीया युवतीको मृत्यु, तीन जना उपचाररत “नामसहित”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २५ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । काठमाडौंको तीनकुनेमा आज बिहान यात्रुवाहक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी २३ वर्षीया नगिना तामाङको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

तामाङ नुवाकोट स्थायी घर भई हाल ललितपुरको धोबीघाटमा बसोबास गर्दै आएकी थिइन् । प्रहरी वृत्त बानेश्वरका अनुसार, दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापा मगर, भ्यान चालक ३५ वर्षीय रत्नबहादुर सार्की, र बसमा सवार २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

घटनास्थलमा बिहान ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट गइरहेका बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस ५९ वर्षीय रामकुमार खड्काले चलाइरहेका थिए । दुर्घटनापछि बस चालक खड्का, भ्यान चालक सार्की र मोटरसाइकल चालक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस भने उपत्यका ट्राफिक महाशाखा, रामशाहपथको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४