Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १९ २०८२
  • 3.1K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) यही वैशाख २१ गतेबाट आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । यसअघि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण स्थगित गरिएको परीक्षा अब सहमतिपछि पुनः निर्धारित मितिमा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले परीक्षा व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै परीक्षा मर्यादित, अनुशासित र निष्पक्ष ढंगले सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ । निर्धारित परीक्षा केन्द्रहरूमा नै परीक्षा सञ्चालन हुने जनाउँदै बोर्डले केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालाहरूलाई सहयोगका लागि अनुरोध गरेको छ ।

हालै विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी अनधिकृत रूपमा भ्रामक सूचना फैलाइएकोप्रति आपत्ति जनाउँदै बोर्डले त्यस्ता सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको छ । साथै, बोर्डले आफूले कुनै फेसबुक पेज सञ्चालन नगरेको र आधिकारिक सूचनाहरू केवल आफ्नो वेबसाइटमार्फत मात्र प्रकाशित हुने स्पष्ट पारेको छ ।

परीक्षार्थीहरूलाई निर्धारित समय तालिकाअनुसार तयारी गर्न अनुरोध गर्दै बोर्डले परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४