Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीका एआईजी पदस्थापन- कार्कीलाई प्रहरी प्रधान कार्यालय, खापुङलाई केन्द्रीय अनुसन्धानन ब्युरो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १७ २०८२
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख ११ गतेदेखि लागू हुने गरी उनिहरूलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार बढुवा भएकाहरूको आजै पदस्थापन गरिएको जनाएको छ । बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन् । उनिहरूलाई वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक गोगेन्द्रसिंह थापाका अनुसार खापुङलाई केन्द्रीय अनुसन्धानन ब्युरो, आचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, कार्कीलाई प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, अधिकारीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र केसीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा आजै पदस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४