Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षक महासंघले भन्यो- घाइतेहरूको स्वास्थ्य लाभको कामना, आन्दोलन थप सशक्त हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १५ २०८२
  • 2.1K
    SHARES

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै जारी शिक्षक आन्दोलन थप चर्किएको छ । चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन । आइतबारको प्रदर्शनमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप समेत भएको थियो ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनका क्रममा भएका धरपकड र हिंसात्मक घटनाको कडा भर्त्सना गर्दै घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, उनले सरकारसँग माग पूरा नभएसम्म आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउने घोषणा गरेका छन् ।

महासंघले सोमबार बिहान ११ बजे सबै आन्दोलनकारीलाई माइतीघर मण्डलामा भेला हुन आह्वान गरेको छ । अझै काठमाडौं नपुगेका शिक्षकहरूलाई लक्षित गर्दै महासंघले भावनात्मक प्रश्न समेत उठाएको छ- ‘आन्दोलनको मोर्चामा तपाईंका साथीहरूको रगत बग्दा तपाईंहरू घरमै बस्न सक्नुहुन्छ ? साथीहरूको पीडाले तपाईंलाई नछोएको हो ?

महासंघले सबै शिक्षकहरूलाई तत्काल काठमाडौं आइ आन्दोलनमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्दै आन्दोलनलाई थप सबल बनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४