Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चको आदेशपछि पनि थामिएन आन्दोलन, शिक्षकहरू अझै सडकमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १२ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर रूपमा आन्दोलन गरिरहेका शिक्षकहरूले सर्वोच्च अदालतको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान लिएका छन्। बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएपनि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन यथावत रहने स्पष्ट पारेका छन्।

अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा प्रवृत्तिविरुद्ध हो। अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउन नचाहने षड्यन्त्रविरुद्ध हो। त्यसैले हाम्रो अभिव्यक्ति र व्यवहार पनि त्यही अनुरूप रहनुपर्छ।” उनले सर्वोच्चको आदेशको सीधा उल्लेख नगरी आन्दोलन जारी रहने सन्देश दिएका छन्।

यसअघि बिहीबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन भनेको थियो। आदेशमा भनिएको छ, “आन्दोलित शिक्षकहरूको जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न विपक्षी निकायले उचित निर्णय गरी पठनपाठन पुनः सञ्चालनको वातावरण सुनिश्चित गर्नू।”

शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र अझै सुरु हुन सकेको छैन। यही पृष्ठभूमिमा अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्दै विद्यार्थीको भविष्य अन्यौलमा परेको जिकिर गरेका थिए। चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितका विभिन्न ६ निकायलाई प्रतिवादी बनाएका छन्।

तर, आन्दोलनरत शिक्षकहरू भने शिक्षा ऐन जारी नभएसम्म पछि नहट्ने अडानमा कायम छन्। अध्यक्ष सुवेदीले फेरि एकपटक आह्वान गर्दै भनेका छन्, “हाम्रो आन्दोलन जारी छ। सधैंझैँ भोलि पनि ठीक ११ बजे माइतीघर मण्डलामा आइपुग्नुहोस्।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४