Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बझाङ जाँदै गरेको मिनिट्रक डोटीमा दुर्घटनाग्रस्त, चालकसहित तीनको मृत्यु, शव निकाल्न डोजरको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १० २०८२
  • 1.4K
    SHARES

काठमाडौँ । डोटी जिल्लाको जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा बुधबार बिहान भएको मिनिट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक (ना.प. ०१–००१ ख ३४२८) अनियन्त्रित भई करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो।

ज्यान गुमाउनेमध्ये ट्रक चालकको पहिचान बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामीको रूपमा खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माले जानकारी दिए। बाँकी दुई जनाको नाम भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनापछि ट्रक र सामानको च्यापेटामा परेकाले शवहरू निकाल्न कठिन भइरहेको प्रहरीको भनाइ छ। ‘मानवशक्ति मात्रले निकाल्न नसक्ने अवस्था भएकाले डोजर प्रयोग गरेर उद्धार गर्न लागिएको छ,’ एसपी शर्माले बताए।

दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। प्रहरी अनुसन्धान अघि बढिरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४